नेपाली

पेरुका युवक मोरीको चीन बसाइको कथा-१

criPublished: 2024-09-17 21:25:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भौगोलिक दूरीको दृष्टिकोणबाट हेर्दा चीनका लागि पेरू सबैभन्दा टाढाको मुलुकमध्येको एक हो। दुवै देशबीचको दूरी धेरै टाढा भए तापनि आपसी मित्रता लामो समयदेखि रहँदै आएको छ, चीनमा काम गर्ने, अध्ययन गर्ने र बसोबास गर्ने धेरै पेरुबासीहरू छन्, पेरुका युवक हारोल्ड मोरी तीमध्येका एक हुन्।

पहिलो पटक हारोल्ड मोरीलाई भेट्दा, उनी यिवु अन्तर्राष्ट्रिय व्यापार केन्द्रमा पेरूमा पठाउनुपर्ने सामान तयार गर्न व्यस्त थिए, जुन उनले छिटै आउन लागेको पेरूको परम्परागत चाडको अवधिमा मालसामानहरुको विक्रीका लागि ध्यानपूर्वक चयन गरेका थिए।

“म अहिले घरायसी साना सामानहरू उत्पादन गर्छु, उदाहरणका लागि नरमखाले खेलौना र भान्सामा आवश्यक साना सामग्रीहरु। यद्यपि यी साना सामानहरू हुन्, तर यिनीहरुले प्रयोगकर्तालाई खुसी र सन्तुष्टि दिने छ भन्ने मलाई लाग्छ।”

विदेशी व्यापारीहरूको भीड लाग्ने यिवु अन्तर्राष्ट्रिय व्यापार केन्द्रमा, मोरीको व्यापार त्यति ठूलो होइन, तर उनीसँग उल्लेखनीय ऊर्जा छ। उनले भने, “म पेरुबाट हजारौँ किलोमिटरको दूरी पार गरेर अध्ययन, काम र व्यवसाय गर्न चीनमा आएको छु, हरेक कदम सजिलो छैन, तर यहाँ पर्याप्त अवसरहरू छन्।”

“मैले विश्वविद्यालयमा व्यापार र अर्थशास्त्र अध्ययन गरेको थिएँ, त्यसैले विश्वका प्रत्येक देशको आर्थिक विकासको अवस्थाबारे मलाई जानकारी छ। किनकि मैले चीनको तीव्र आर्थिक विकास देखेको छु, जसले ठूलो अवसरको संकेत दिन्छ। त्यसपछि म शाङहाई वित्तीय विश्वविद्यालयमा व्यावसायिक प्रशासनमा स्नातकोत्तर अध्ययन गर्न गएको थिएँ।”

“शाङहाईमा पुग्नेबित्तिकै मलाई मेरो निर्णय सही लागेको थियो।”

सन् २०१७ देखि २०२० सम्म, शाङहाईमा तीन वर्षको अध्ययनको क्रममा मोरीले शाङहाईको प्रेरक शक्ति र चिनियाँ बजारको ऊर्जालाई देखे।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn