नेपाली

चिनियाँ परराष्ट्र मन्त्रीद्वारा अरब र इस्लामी मुलुकका विदेशमन्त्रीको संयुक्त प्रतिनिधिमण्डलसँग वार्ता

criPublished: 2023-11-20 18:44:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वाङ यीले वर्तमान गाजा संकट र प्यालेस्टाइनी समस्याको समाधान गर्नको लागि चिनियाँ प्रस्ताव प्रस्तुत गर्दै भन्नुभयो, ‘अहिलेको पहिलो प्राथमिकता भनेको संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद् र संयुक्त राष्ट्रसङ्घको महासभामा पारित सान्दर्भिक प्रस्तावहरूको पूर्ण कार्यान्वयन गर्नु र युद्ध तत्काल अन्त्य गर्नु हो। अन्तर्राष्ट्रिय कानून, विशेष गरी अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्नैपर्छ। इजरायलले गाजाका जनतामाथि गरेको सामूहिक सजायको अन्त्य गर्नुपर्छ र अझ व्यापक मानवीय विपत्ति रोक्न जतिसक्दो चाँडो मानवीय करिडोर खोल्नुपर्छ।’

परराष्ट्र मन्त्री वाङ यीले प्यालेस्टाइनको भविष्य सम्बन्धी कुनै पनि व्यवस्थामा प्यालेस्टाइनी जनता सहमत हुनुपर्ने र क्षेत्रीय मुलुकहरूको उचित चासोलाई पनि ध्यानमा राख्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘वर्तमान परिस्थितिको कुनै पनि समाधान दुई देशको लागि समाधान प्रस्ताव विपरीत हुनुहुँदैन र क्षेत्रीय शान्ति र स्थिरताको लागि अनुकूल हुनुपर्दछ।’

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn