नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पैचिङमा ब्रिक्स मुलुकहरुका नेताहरु बीचको १४ औं भेट-वार्ताको अध्यक्षता

criPublished: 2022-06-23 20:49:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तेस्रो, हामीले आर्थिक पुनरूत्थान हुने विभिन्न किसिमका शक्तिलाई जम्मा पारी समष्टिगत र नीतिगत समन्वयलाई मजबुत पारी व्यवसाय लाईन र आपूर्ति लाईनको सुरक्षालाई प्रत्याभूति दिलाउनुपर्छ। हामीले खुलस्त विश्व अर्थतन्त्रको स्थापना गर्नुका साथै विश्व विकास सामु देखा परेका ठूल्ठूला खतरा र चुनौतीको प्रतिरोध अझ विशेषगरी त्यसलाई मेटाएर अझ सहिष्णु र लचिलो आर्थिक बृद्धिलाई साकार तुल्याउनुपर्छ।

चौथो, हामीले दिगो विकासलाई अघि बढाउनुका साथै जनता केन्द्रित हुने विकास विचारधारालाई कायम राखी गरिबी निवारण, खाद्य पदार्थ, शिक्षा र स्वास्थ्य आदि क्षेत्रतर्फको लगानीलाई बढाउँदै संयुक्त राष्ट्र संघको सन् २०३० दिगो विकास कार्यसूचीलाई व्यवहारमा उतारेर अझ सशक्त, हरित र स्वस्थ विश्व विकासलाई साकार तुल्याउनुपर्छ।

विभिन्न पक्षसँगै मिलेर उच्च गुणस्तरीय साझेदारी सम्बन्धको स्थापना गर्ने र विश्व विकासको नयाँ युगको सिर्जना गर्ने भन्ने मुख्य नारा बमोजिम गहन रूपमा वैचारिक आदानप्रदान गरी ब्रिक्स सहकार्यको उच्च गुणस्तरीय विकासका लागि बुद्धिको योगदान गर्दै जान आफु इच्छुक रहेको कुरा पनि राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn