नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पैचिङमा ब्रिक्स मुलुकहरुका नेताहरु बीचको १४ औं भेट-वार्ताको अध्यक्षता

criPublished: 2022-06-23 20:49:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले आज जुन २३ तारिख बेलुका पैचिङमा ब्रिक्स मुलुकका नेताहरुबीचको १४ औं भेट-वार्ताको अध्यक्षता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले विगत एक वर्षको पुनरावलोकन गर्दा कोरोना महामारी जताततै फैलिएको छ भने विश्व अर्थतन्त्रको पुनरूत्थान मन्द गतिले भएको छ र शान्ति तथा सुरक्षा समस्या अरु स्पष्ट रहेको बताउनुभयो। गम्भिर र जटिल स्थितिको सामना गर्दै हामीले खुला, समावेशी, सहयोगात्मक र साझा जीत भएको ब्रिक्स भावना कायम राखेर हातमा हात मिलाएर कठिनाईको समाधान गरेका छौं। ब्रिक्स व्यवस्थाले जीवन्त शक्ति देखाएको छ भने ब्रिक्स मुलुकहरु बीचको सहयोगमा सक्रिय प्रगति र उपलव्धि हासिल भएको पनि राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो।

राष्ट्राध्यक्ष सीले यस पटकको भेट वार्ता मानव समाज कहाँ जाने निर्णायक घडीमा रहेको भन्दै महत्वपूर्ण नवोदित बजार मुलुक र विशाल विकासशील मुलुकको रुपमा ब्रिक्स मुलुकहरुले साहस लिएर जिम्मेवारी वहन गरी विश्वलाई सक्रिय, स्थिर र रचनात्मक शक्ति पुर्‍याउनुपर्ने कुरामा जोड दिनुभयो।

पहिलो, हामीले निष्पक्ष र न्यायिक आवाज उठाउनुपर्छ, अन्तर्राष्ट्रिय समाजलाई साँचो बहुपक्षीयतावादलाई व्यवहारमा उतार्नुपर्छ, संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखिने अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय ऐनमा आधारित अन्तर्राष्ट्रिय अनुशासनको संरक्षण गर्नुपर्छ, शीत युद्ध सम्बन्धी विचार र समूह बीचको द्वन्द्वलाई पन्छाउनुपर्छ, एकतर्फी रुपमा अरुलाई नाकाबन्दी र नाकाबन्दीको दुरुपयोगको विरोध गर्नुपर्छ, मानव जातिको साझा भाग्य समूदायको “ठूलो परिवार”बाट प्रभूत्ववादको “सानो समूह” नाघ्नुपर्छ।

दोस्रो, हामीले महामारीलाई जित्ने विश्वासलाई सुदृढ पार्नुपर्छ। हामीले जनता र जीवनमा लागि जिम्मेवारी लिने धारणा लिँदै महामारी नियन्त्रण र प्रतिरोधात्मक कदम चालेर महामारी प्रतिरोधात्मक अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पारी सँगै मिलेर मानव जातिको जीउज्यान र स्वास्थ्यको संरक्षण गर्नुपर्छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn