नेपाली

चोभार सुक्खा बन्दरगाह अब चीनसँगको व्यापारमा समेत खुला

criPublished: 2024-11-19 17:11:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विभागका महानिर्देशक पुडासैनीले राजपत्रमा प्रकाशित यो सूचनाले अब उत्तर र दक्षिण दुवैतर्फका नाकाबाट आएका कन्टेनर सिधै काठमाडौं ल्याउन कानुनी बाटो खुला गरिएको जानकारी दिनुभयो।

राजपत्रमा प्रकाशित सूचना अनुसार मालवस्तुको आन्तरिक परिवहन सुविधा लिन चाहने पैठारीकर्ताले अनुमति लिन प्रवेश गरेको सीमास्थित भन्सार कार्यालयमा ट्रान्जिट मोड्यूल प्रयोग गरी आवश्यक विवरण भरेर भन्सार अधिकृत समक्ष निवेदन दिनुपर्ने भएको छ ।

त्यसरी आएको निवेदन अध्ययन गरी प्रणालीबाटै अनुमति दिन सकिने सूचनामा उल्लेख छ । यो फारम चालकले बन्दरगाह भन्सारमा मालवस्तु घोषणा नगरेसम्म साथमा राख्नुपर्ने भएको छ ।

सूचनामा उल्लेख भए अनुसार प्रचलित बैंकिङ प्रणाली मार्फत भुक्तानी हुने गरी पैठारी भएको हुनुपर्छ । चलान भएको स्थानबाट बन्दरगाह भन्सारसम्म नै सिपिङ कम्पनीबाट सञ्चालित स्तरीय सिपिङ कन्टेनरबाट कन्टेनर परिवर्तन नगरी ढुवानी गर्नुपर्छ ।

प्रवेश गरेको सीमास्थित भन्सार कार्यालयबाट बन्दरगाह भन्सारसम्म भूमण्डलीय स्थिति निर्धारण प्रणाली (जीपीएस) जडित विद्युतीय ट्र्याकिङ प्रणाली भएको ताला लगाइएको हुनुपर्छ । तर, गुडाएर लैजाने नयाँ सवारीसाधनका हकमा जीपीएस आवश्यक छैन ।

काबुबाहेक परिस्थिति बाहेक आन्तरिक परिवहन लिएको ७२ घण्टाभित्र ढुवानी साधन काठमाडौं चोभार पुगिसक्नुपर्छ । यसरी आएको सवारीसाधन बिग्रिए वा दुर्घटनामा परे भन्सार प्रमुखलाई जानकारी गराउनुपर्ने सर्त राखिएको छ । सवारीसाधनलाई बाटोमा खोल्न, हेर्न र जाँच गर्न पाइने छैन ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn