नेपाली

चोभार सुक्खा बन्दरगाह अब चीनसँगको व्यापारमा समेत खुला

criPublished: 2024-11-19 17:11:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

संघीय राजधानी काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाह अब चीनसँगको व्यापारका लागि समेत खुलेको छ । भन्सार विभागका अनुसार चिनियाँ नाका हुँदै चोभार सुक्खा बन्दरगाहसम्म मालवस्तु ल्याउन कानुनी बाटो खुलेको छ । अब आन्तरिक तयारीपछि कार्यान्वयनमा जाने विभागका महानिर्देशक हरिशरण पुडासैनीले जानकारी दिनुभयो।

अर्थ मन्त्रालयले भन्सार ऐन २०६४ को दफा ८९ (च) बमोजिम हालै राजपत्रमा एक सूचना प्रकाशित गरेको छ । जसले सीमास्थित भन्सार कार्यालयमा पैठारीका लागि ल्याइएका मालवस्तु उक्त कार्यालयबाट जाँचपास नगराइ बन्दरगाह भन्सारमा लगी जाँचपास गराउन चाहे त्यस्तो मालवस्तु बन्दरगाह भन्सारसम्म महानिर्देशकले तोके बमोजिम सडकमार्गबाट लैजान आन्तरिक परिवहन सुविधा दिएको छ । यो चोभारस्थित सुक्खा बन्दरगाहका लागि दिइएको सुविधा हो ।

यो सूचनामा आन्तरिक परिवहन सुविधा दिने भन्सार कार्यालय तोकिएको छ । वीरगञ्ज, मेची, विराटनगर, भैरहवा, तातोपानी, रसुवा भन्सार कार्यालय र सुक्खा बन्दरगाह सिर्सिया पर्साबाट नेपाल प्रवेश गर्ने मालवस्तुका हकमा मात्र चोभार आउने गरी आन्तरिक परिवहन सुविधा दिइएको छ । अनलाइनखबरका अनुसार यसअघि २०७८ सालमा प्रकाशित सूचनाले वीरगञ्ज भन्सार, मेची भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट आउने मालवस्तु समेत सिधै काठमाडौं आउने सुविधा थियो ।

यसअघि नेपाल इन्टरमोडल यातायात विकास समितिले चीनसँगको व्यापार खुल्न नसक्दा बन्दरगाह अपेक्षित खुल्न नसकेको गुनासो गरेको थियो । यसबाट काठमाडौं आउने मालवस्तु सीमा भन्सारमै अनलोड गरी पुनः अर्को गाडीमा ल्याउने प्रक्रियाले लागत र समय दुवै बढ्ने गर्छ । यसले पैठारीकर्ता र उपभोक्ता दुवैलाई फाइदा हुने समितिको भनाइ छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn