नेपाली

चीनतर्फ थप ४ नाका खुलाएर दक्षिणका मुख्य नाकासँग जोड्ने सरकारको तयारी

criPublished: 2024-11-18 17:43:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सरकारले उत्तरतर्फ थप ४ नाका खुलाउन पूर्वाधार बनाउने भएको छ। दक्षिणका मुख्य नाकासँग जोड्न उत्तरतर्फ पूर्वाधार बनाउन लागिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर दोस्रो हप्ता हुने चीन भ्रमणमा उत्तरतर्फ ४ वटा नाका थप गर्ने विषयमा छलफल हुने बताइएको छ। अहिले २ नाका रहेकामा ४ थपगरी ६ नाकालाई दीर्घकालीन व्यापारिक नाका बनाउन सकिने सरकारी अधिकारीको बुझाइ छ। भन्सार विभागअन्तगर्त ४१ वटा भन्सार कार्यालय छन्। जसमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय छन्। हाल २७ वटा नाकाबाट वस्तु आयात-निर्यात भइरहेका छन्। दक्षिण जिल्लामा ससाना गरी २५ वटा भन्सार कार्यालय छन्। जसमा मेची, विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, कञ्चनपुर भन्सार कार्यालय बढी राजस्व संकलन हुन्छ। यी भन्सारलाई उत्तरसँग जोड्न नाका विस्तार गरिँदै छ।

अहिले चीनसँग ९ वटा भन्सार कार्यालय छन्। सञ्चालनमा रहेका २ नाकामध्ये रसुवागढीको आयात हिस्सा ४.२८ छ भने तातोपानीको हिस्सा ३.१६ प्रतिशत देखिन्छ। अरू नाकाको आयात नगन्य छ। पछिल्लो समय गाडी, फलफूल, लसुन, लत्ताकपडा र इलेक्ट्रोनिक्स समान २ वटा उत्तरी नाकाबाट भित्रिए पनि अझै ठूलो हिस्सा पानीजहाजका माध्यमबाट भारतीय नाका र हवाई कार्गो देखिन्छ।

‘चिनियाँ वस्तु ल्याउन उत्तरी नाका नै छोटा र कम खर्चिला छन्,’ नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्की भन्नुहुन्छ,‘स्टिल, कस्मेटिक आइटम, आल्मुनियम लगायतका सामग्री दक्षिणी नाकाबाट आउँछन्। गाडी, लत्ताकपडा, फलफूल उत्तरी नाकाबाट आउँछन्।’ गत भदौमै हिल्सा-सिमिकोट सडकखण्डलाई २ लेनमा स्तरोन्नति गर्ने विषयमा चीनसँग लेटर अफ एक्सचेन्ज भइसकेको छ। नेपालखबर अनलाइनका अनुसार सुदूरपश्चिमबाट चीन जोड्ने छोटो र सहज नाका हुने छ यो।

मुस्ताङको कोरला नाका अहिले सञ्चालनमा छ। चिनियाँहरूले नाका सञ्चालनका लागि आफ्नातर्फ पूर्वाधार बनाइसकेका छन्। नाकामा नेपालतर्फ एकीकृत जाँच चौकी (आईसीपी) र भन्सार यार्ड (आईसीडी) निर्माण गर्ने विषयमा सहमति भइसकेको अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईले जानकारी दिनुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn