नेपाली

नारायणगढ-बुटवल सडक विस्तारमा ६ वर्षमा तीन पटक म्याद थप

criPublished: 2024-11-18 17:45:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तोकिएको समयमा काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । यस अवधिमा पनि काम पूरा नभएपछि गत साउनमा तेस्रो पटक ०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ठेक्का भएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । अहिलेसम्म पेस्कीसहित साढे ९ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ । केही समयअघि यो सडकको अनुगमनमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थपिएको समयभित्र काम नसकिए ठेक्का तोडेर नयाँ प्रक्रिया थालिने भन्नुभएको थियो।

काममा प्रगति नभएको बारे र प्रगति बढाउन मन्त्रालयले आयोजना कार्यालयमा पटक–पटक ताकेता गरिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालले बताउनुभयो । ‘एनटीसी नोटिस जारी गरिसकिएको छ, त्यसअनुसार काम हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसअनुसार काममा प्रगति नभए मन्त्रालय ठेक्का तोड्ने प्रक्रिया अघि बढ्नेछ ।’

पटक–पटक काम गर्ने मौका दिँदा पनि काम नगर्नेसँग ठेक्का तोड्न ढिलाइ भएको पूर्वसचिव तुलसी सिटौला बताउनुहुन्छ। ‘ठेक्का तोड्न अप्ठ्यारो छैन, समय सकिसक्यो, काम आधा मात्र भएको छ,’ उहाँले भन्नुभयो, ‘ठेक्का गत वर्ष नै तोड्नपर्थ्यो, ढिलो भइसक्यो, अब समयमै ठेक्का तोडेर नयाँ ठेक्काको व्यवस्थापन गरी काम सम्पन्न गर्नेतर्फ लाग्नुपर्छ ।’ अब प्रगति बढाउने अवस्था नदेखिएकाले सरकारले अवसर दिँदा पनि काम नगर्नेलाई कारबाही प्रक्रिया अघि बढाउनुपर्ने उहाँले जनाउनुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn