नेपाली

भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन निजी क्षेत्रको आग्रह

criPublished: 2024-11-17 15:55:25
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कार्यक्रममा नाट्टा लुम्बिनीका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा, उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठ, नाट्टा पाल्पाका अध्यक्ष राजिवकुमार शाह, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका सल्लाकार भिमलाल ज्ञवाली, संघका सचिव अर्जुन थापा लगायतले विमानस्थल सञ्चालनको लागि भैरहवा र अरु शहरसँग सहज कनेक्टीभिटी हुनुपर्ने, होटल व्यवसायीहरुले छुट सुविधा प्रदान गर्नुपर्ने, बुद्धिष्ट मुलुकमा लुम्बिनी लगायत यहाँको पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्नुपर्ने बताउनु भएको थियो। सहभागी सञ्चारकर्मीहरुले विमास्थल सञ्चालनको लागि आफूहरुको साथ निरन्तर रहने उल्लेख गरे।

शनिबार नै रुपन्देही आएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अब पूर्ण रूपमा चल्ने बताउनु भएको छ। सामाजिक सन्जालमा मन्त्री पौडेलले लेख्नु भएको छ –चल्ला र भन्दा भन्दै चल्न थालेको बताउँदै अब विमानस्थल पूर्ण रूपमा चल्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘यस अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने नेपाल सरकारको पछिल्लो निर्णय आंशिक रूपमा कार्यान्वयन हुँदा यो रूपमा चलेको छ, उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन हुँदा पूर्ण क्षमतामा चल्छ।’

यस अन्तर्राष्ट्रिय विमानस्थलको उज्ज्वल भविष्य देख्न चाहने सबैबाट सकारात्मक प्रस्तुति र सहयोग होस् भन्ने अपेक्षा गरेको अर्थमन्त्री पौडेलले बताउनुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn