नेपाली

असोज बाढीबाट अर्थतन्त्रमा साढे ४६ अर्ब बराबर क्षति

CRIPublished: 2024-11-16 16:32:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

असोज बाढीबाट देशभरि ५ हजार ९ सय ९६ घरमा पूर्ण तथा १३ हजार ४९ मा आंशिक क्षति पुगेको तथ्यांकमा छ। बाढी र पहिरोले १० हजार ८ सय ७ जनाले घर गुमाएका छन्। बाढीबाट १६ हजार २ सय ४१ जना प्रभावित भएका छन्।

त्यस्तै स्वास्थ्य क्षेत्रका ६ संरचनामा पूर्ण र ३३ मा आंशिक क्षति पुगेको छ। जसको आर्थिक क्षति २ करोड १७ लाख बराबर छ। शिक्षातर्फ ६ भवनमा पूर्ण र १ सय ३६ संरचनामा आंशिक क्षति पुगेको तथा यसको आर्थिक भार ७ करोड २ लाख रुपैयाँ बराबर छ।

बाढी र पहिरोले कृषि क्षेत्रमा ५ अर्ब ८८ करोड २८ लाख बराबर क्षति भएको देखिएको छ। सिँचाइमा १ अर्ब ३५ करोड बराबर क्षति भएको देखिएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn