नेपाली

असोज बाढीबाट अर्थतन्त्रमा साढे ४६ अर्ब बराबर क्षति

CRIPublished: 2024-11-16 16:32:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गत असोज दोस्रो साता आएको अविरल वर्षा र बाढी–पहिरोका कारण नेपाली अर्थतन्त्रमा साढे ४६ अर्ब रुपैयाँ बराबर आर्थिक क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको बाढी–पहिरोको प्रारम्भिक हानि तथा क्षति मूल्यांकनबाट ४६ अर्ब ६८ करोड ४३ लाख १८ हजार ५ सय ५० रुपैयाँ बराबर क्षति भएको देखिएको अनलाइन खबरले लेखेको छ।

प्राधिकरणले भौतिक पूर्वाधार, निजी आवास, विद्यालय, अस्पताल, कृषि तथा पशुपन्छी र सिँचाइमा उक्त रकम बराबर आर्थिक क्षति भएको अनुमान गरेको छ।

विज्ञका अनुसार यो क्षतिले मुलुकको अर्थतन्त्र विस्तारमै असर गर्ने गर्छ। मनसुनको अन्त्यतिर आएको बाढीले २ सय ४९ जनाको ज्यान लिएको थियो। १८ जना अझै बेपत्ता छन्। १ सय ७७ घाइते भएका थिए।

प्राधिकरणका अनुसार बाढी–पहिरोका कारण पूर्वाधार क्षेत्रमा मात्र ३९ अर्ब रुपैयाँ बराबर क्षति भएको देखिएको छ। बाढीले देशभरि ४४ पुलमा क्षति गरेको थियो। जसको आर्थिक क्षति १ अर्ब ४ करोड बराबर छ।

त्यस्तै दूरसञ्चारका ४ सय ४६ संरचनामा क्षति पुगेको छ। जसको आर्थिक क्षति १५ करोड २३ लाख बराबर देखिन्छ। खानेपानी र सरसफाइमा १ हजार ६ सय ७८ संरचनामा क्षति पुगेको छ। जसको क्षति ५ अर्ब ९० करोड ६० लाख बराबर छ। जलविद्युतका २६ संरचनाको क्षति हुँदा ३ अर्ब १ करोड बराबर छ।

त्यसैगरी सडकमा २ अर्ब ७९ करोड बराबर क्षति पुगेको देखिएको छ। देशभरि सडकमा ४१ स्थानको संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ। सार्वजनिक यातायाततर्फ ८४ संरचनामा ७२ करोड बराबर क्षति पुगेको प्राधिकरणको तथ्यांक छ। सार्वजनिक भवनमा ९ करोड ५० लाखसहित पूर्वाधारमा कुल ३८ अर्ब ९२ करोड रुपैयाँ बराबर क्षति पुगेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn