नेपाली

चियाको निर्यातमा उछाल

CRIPublished: 2024-11-16 16:42:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

माग व्यवस्थापन गर्न भारतीय व्यवसायीले नेपाली उत्पादकले तोकेकै मूल्यमा चिया लगिरहेको उत्पादकले बताएका छन्। चिया सहकारी सङ्घका केन्द्रीय अध्यक्ष हर्क तामाङले भारतमा सात प्रतिशतले सिटिसी चियाको उत्पादनमा कमी आउँदा नेपाली उत्पादकले राम्रो मूल्यमा चिया बिक्री गरेको बताउनुभयो।

उहाँका अनुसार प्रतिकिलो १८५ भारतीय रुपियाँसम्ममा सिटिसी चिया बिक्री भएको छ। भदौ र असोजमा चियाको निर्यात बढे पनि कात्तिकमा भने नेपाली चियाको गुणस्तर केही कम हुँदा व्यापार केही कम भएको उहाँले बताउनुभयो। यद्यपि आगामी डेढ वर्ष नेपाली चियाले राम्रो मूल्य पाउन सक्ने सम्भावना देख्नु हुन्छ उहाँ।

माग बढ्दा नेपालबाट निर्यात हुने चियाको परिणाम पनि ह्वात्तै बढेको छ। यसअघि भारतीय व्यवसायीले वार्षिक ४५ लाख किलो धुलो चिया नेपालबाट लैजाने गरेकामा अहिले तीन महिनामै ६५ लाख किलोभन्दा बढी चिया लगेको बोर्डले जनाएको छ।

भारत निर्यात सिटिसी चिया झापामा मात्रै उत्पादन हुने गर्छ। झापा मात्रै वार्षिक दुई करोड किलो सिटिसी चिया उत्पादन हुने बोर्डको तथ्याङ्क छ। इलाम, पाँचथर, धनकुटा, तेह्रथुम जस्ता चिया धेरै उत्पादन हुने जिल्लामा उत्पादन हुने चिया अर्थोडक्स चिया हो। अर्थोडक्स चियाको निर्यात भने विगतमा जस्तै सामान्य नै रहेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn