नेपाली

पर्यटक आकर्षित गर्ने योजना

CRIPublished: 2024-11-13 15:50:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको मानवनिर्मित गैँडहवा तालको संरक्षण गर्न नवप्रवर्तन कार्यक्रम अन्तर्गत योजना अघि बढाएको छ । तालको विकासका लागि यो वर्ष एक करोड रुपियाँ प्रदेश सरकारले लगानी गर्ने र ५० लाख रुपियाँ गैडहवा गाउँपालिकाको सहयोगमा ताल क्षेत्रमै होमस्टे सञ्चालन गर्ने तथा पर्यटक आकर्षित गर्न तालमा डुङ्गा चलाउने योजना रहेको गोरखापत्र अनलाइनले लेखेको छ ।

गैँडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन नवप्रवर्तन कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो । उहाँले प्रदेश सरकारले रुपन्देहीका १६ पालिकामध्ये यो वर्ष गैँडहवा गाउँपालिकालाई मात्रै नवप्रवर्तन कार्यक्रममा जोडेको बताउनुभयो ।

उहाँले नवप्रवर्तन कार्यक्रममार्फत जिल्लाकै ठुलो तालको विकास गर्ने र लुम्बिनीमा आउने पर्यटकलाई तालसम्म ल्याउने योजना रहेको बताउनुभयो । गैँडहवा गाउँपालिका–४ मा रहेको जिल्लाकै ठुलो गैँडहवा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

गत वर्ष नेपाली सेनाले लुम्बिनी प्रदेश सरकार र गैँडहवा गाउँपालिकाको सहयोगमा तालको पुनर्निर्माण गरिएको थियो । उहाँले ताल घुमाउन विदेशका पर्यटकलाई समेत ल्याउन सके मात्र यो तालले अन्तर्राष्ट्रिय रूपमा प्रचार पाउने र तालको विकासमा टेवा पुग्ने बताउनुभयो । पालिकाले लुम्बिनीदेखि १२ किलोमिटर उत्तरमा अवस्थित यो तालमा लुम्बिनी भ्रमण गर्न आउने पर्यटकलाई आकर्षित गर्ने योजना ल्याउने जनाएको छ ।

गैँडहवा गाउँपालिकाका प्रवक्ता सुरेन्द्रसिंह कुर्मीले गैँडहवा ताल जिल्लाकै सबैभन्दा ठुलो ताल रहेको बताउँदै लुम्बिनी आउने पर्यटकलाई यो ताल घुमाउन ल्याउन सक्ने हो भने तालले अन्तर्राष्ट्रिय प्रचार प्राप्त गर्ने बताउनुभयो । ८४ बिघा क्षेत्रफलमा फैलिएको यो तालमा तालमा साइबेरियाली, सारस र बकुल्ला, चिरई, भँगेरा, ढुकुर, चित्रेलगायत प्रजातिका चराको वासस्थान रहेको छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn