गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद रहेको नेपाली निजी क्षेत्रको प्रतिक्रिया
कृषि उत्पादन विक्री लगायत धेरै क्षेत्रमा राम्रो हुन्छ। त्यसलाई पुँजी निर्माण र व्यापारसँग जोड्न सक्नुपर्छ। निजी क्षेत्रको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने माग पूरा भएको छ। दीर्घकालीन बनाउनको लागि आवश्यक सहुलियत,सुविधा र पूर्वाधारहरु तयार बनाउनसके गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले यो क्षेत्रको पर्यटन प्रवर्धन ठूलो योगदान गर्छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालनको लागि सरकारले दिनुपर्छ। निजी क्षेत्रलाई दिँदा व्यावसायिक हिसाबले गुणस्तरिय सेवाका साथ चल्नसक्छ। सरकार र निजी क्षेत्र दुवैलाई फाइदा हुन्छ।’
उद्योगी व्यवसायी पवन गोल्यानले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको बताउनु भयो। उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको बहानामा भए पनि निजी क्षेत्रका लागि सुखद् र उत्साह बढाउने काम भएको उल्लेख गर्नुभयो। उहाँले थाई एयर एसियाले उडान शुरु गरेको भन्दै गौतमबुद्धको जन्म भूमिलाई सरकारले मार्केटिङ गर्न सक्नुपर्ने धारणा राख्नुभयो। उहाँले थाइल्याण्डका ९९ प्रतिशत बुद्ध धर्मावलम्बीहरुलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा नभएको भन्दै नेपालले प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले वैदेशिक रोजगारीमा जाने उडानहरु पनि भैरहवाबाट शुरु गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो,‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि उत्साहित हुने खबर हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको बहानामा भए पनि निजी क्षेत्रका लागि सुखद् र उत्साह बढाउने विषय हो। थाई एयर एसियाले उडान शुरु गरेको छ। नेपालको मार्केटिङ गर्न सक्नुपर्छ। थाइल्याण्डका ९९ प्रतिशत बुद्ध धर्मावलम्बीहरुलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा छैन। नेपालले प्रचारप्रसार गर्नुपर्छ। लुम्बीनीको प्रचारलाई महत्व दिनुपर्छ। वैदेशिक रोजगारीमा जाने उडानहरु पनि भैरहवाबाट शुरु गर्नुपर्छ। सबै काठमाडौंमा चाप परिरहेको छ। केही उडान पोखरा र केही भैरहवाबाट गर्नुपर्छ। बुद्धको जन्मभूमिको रुपमा सरकारले विश्वमा प्रचार गर्नसके गौतमबुद्ध विमानस्थल सञ्चालनसँगै लुम्बिनी पर्यटकको हब बन्नसक्छ। लुम्बिनीमा होटल ठूला लगानी भएको छ भने उद्योगको राजधानी बनेको छ। खर्च गर्ने क्षमता पनि बढी छ। पर्यटक गतिविधिहरु बढाउन आवश्यक छ।’
उहाँले अन्तर्राष्ट्रिय सबै उडान काठमाडौंबाट हुँदा ठूलो चाप परिरहेको भन्दै केही उडान पोखरा र भैरहवबाट गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बुद्धको जन्मभूमिको रुपमा सरकारले विश्वमा प्रचार गर्नसके गौतमबुद्ध विमानस्थल सञ्चालनसँगै लुम्बिनी पर्यटकको हब बन्नसक्ने बताउनुभयो।