गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद रहेको नेपाली निजी क्षेत्रको प्रतिक्रिया
पर्यटन आगमनको सिजनको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने अवस्था भएकाले काठमाडौं आउने पर्यटकमा कमी देखिएको बताउनु भयो। पर्यटन सिजनको समयभन्दा अन्य समयमा विमानस्थल बिस्तार गर्न व्यवसायीहरुले माग गरेको बताउनु भयो। उहाँले काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु गर्दा नयाँ अवसरहरु शुरु हुने बताउनुभयो। उहाँले भैरहवा,बुटवल क्षेत्रमा होेटलमा निजी क्षेत्रको ठूलो लगानी भए पनि विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौंको लगानी डुब्ने अवस्थामा रहेको बताउनु भयो।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको लागि १० घण्टा बन्दा गर्दा अन्तर्राष्ट्रिय उडानहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न थाई,एयर एसिया र जजिरा तीन वायुसेवा कम्पनीहरु उडान शुरु गरेका छन्। भैरहवाबाट विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि राम्रो विषय हो। निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएका थियौँ। काठमाडौंमाको विमानस्थल विस्तारको क्रममा भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु भएको त्यो निजी क्षेत्रको लागि खुशीको कुरा हो। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पर्यटन सिजनको समयमा उडान कटौती गर्दा काठमाडौं आउने पर्यटक कमी भएको छ। पर्यटन सिजनको समयभन्दा अन्य समयमा विमानस्थल विस्तार गर्न माग व्यवसायीहरुले गरेको हुन्। काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु गर्दा नयाँ अवसरहरु शुरु हुन्छ।
भैरहवा,बुटवल क्षेत्रमा होेटलमा निजी क्षेत्रको ठूलो लगानी भएको छ। तर विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौको लगानी डुब्ने अवस्थामा थियो। अहिले भैरहवा अन्तर्राष्ट्रिय उडान हुन निजी क्षेत्रको लागि राम्रो हो। उडानको पर्यटनसँग सम्बन्धित पूर्वाधारहरुको सदुपयोग हुनेछ। भैरहवा विमानस्थलमा राज्यले दिनुपर्ने सेवा सुविधा र आवश्यक व्यवस्थाहरु छोटो समयको लागि भन्दा पनि दीर्घकालीन हुनुपर्छ। भैरहवा विमानस्थलमा जाने कम्पनीहरुलाई दिने इन्टसेन्टिभ निरन्तरता हुनुपर्छ। उडान शुरु हुँदा बुटवल,पाल्पासम्म पर्यटक वृद्धि हुने अपेक्षा छ।