नेपाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुने व्यवसायीको अपेक्षा

criPublished: 2024-11-10 15:56:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कान्तिपुर अनलाइनका अनुसार त्रिभुवन विमानस्थल १० घण्टासम्म बन्द गर्नुपर्ने अवस्था आएको अवस्थामा पोखराको नयाँ विमानस्थल सदुपयोग नगरिँदा सरकारले विकल्प नखोजेको र यतातर्फ ध्यान नदिएको सन्देश गएको उहाँको भनाइ छ ।

पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले मन्त्री पाण्डेलाई एक ज्ञापनपत्र बुझाउँदै पोखराबाट अन्तर्राष्ट्रिय उडान, सडक मार्गको शीघ्र स्तरोन्नति तथा कोरला नाकाको सहज र नियमित सञ्चालनको विषय उठान गर्नुभयो।

त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्दा हुँदा पोखराका आन्तरिक उडान कटौती हुने र मुख्य राजमार्गहरूको स्तरोन्नतिमा पनि ढिलाइ हुँदा ‘कनेक्टिभिटी’कै कारण पोखराको पर्यटनले संकट व्यहोर्ने अवस्था सिर्जना हुने होटल संघ पोखराका पूर्वअध्यक्ष भरतराज पराजुलीको भनाइ छ ।

सरकारले विभिन्न सहुलियत दिँदा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुनुको कारण जहाज उडानसम्बन्धी प्राविधिक कारण हो वा अन्य भन्नेबारे मन्त्रालयले प्राविधिक टोलीसँग बुझ्ने पर्यटनमन्त्री पाण्डेले जनाउनुभयो। हवाई सेवा कम्पनीहरूकै अरुचिका कारण पनि पोखरामा अन्तर्राष्ट्रिय उडान हुन नसकेको उहाँले उल्लेख गर्नुभयो।

पोखरा र भैरहवालाई सञ्चालनका लागि नेपाल सरकारले सहुलियत उडान गर्ने गरी कार्ययोजना बनाए पनि अपेक्षाअनुसार विभिन्न वायुसेवा कम्पनीले उडानका लागि चासो नदेखाएको मन्त्री पाण्डेको भनाइ छ ।

नेपाल एयरलाइन्ससँग एयरक्राफ्टको कमी भएकाले तत्काल पोखरामा उडान भर्दा अन्यत्र कटौती हुने भएकाले भविष्यमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको उडान राखेर अन्य अन्तर्राष्ट्रिय कम्पनीलाई दबाब दिने योजना रहेको उहाँले सुनाउनुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn