नेपाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुने व्यवसायीको अपेक्षा

criPublished: 2024-11-10 15:56:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुँदा पोखरा विमानस्थलबाट हुन नसकेकोप्रति पर्यटन व्यवसायीले चासो व्यक्त गरेका छन् । पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारणबारे सरकारले स्पष्ट नपार्दा अन्योलको अवस्था सिर्जना भएको पर्यटन व्यवसायीले बताएका छन् ।

पोखरामा शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँगको छलफलमा व्यवसायीले तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालनको माग गरे । होटल संघ पोखराले पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुमा केन्द्रित रहेर आयोजना गरेको छलफलमा सरकारले कूटनीतिक पहल गरी अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्नेमा व्यवसायीले जोड दिए ।

मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष लक्ष्मण सुवेदीले नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि पर्यटन मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने माग राख्नुभयो। चिनियाँ ऋण लगानीमा बनेको विमानस्थल भएकाले भूराजनीतिक सन्तुलन कायम गर्ने गरी सरकारले चीन र भारतसँग प्रभावकारी रूपमा वार्ता गर्नुपर्ने व्यवसायी बताउँछन् ।

पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा प्राविधिक पक्षलाई बाधक देखाएर उम्किन नमिल्ने पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य वासुदेव त्रिपाठीले बताउनुभयो। ‘न्यारोबडी जहाज ६० प्रतिशत मात्रै भार लिएर आउन सक्ने भनिएको छ । त्यसकारण जहाजको खर्च उठाउन नसक्ने भएकाले वायुसेवा कम्पनीहरूले उडान भर्न नचाहेको कारण देखाइएको छ,’ उहाँले भन्नुभयो, ‘तर बिहीबार मात्रै चीनको कुन्मिङबाट १ सय २० जना बोकेर सिचुवान एयरलाइन्सको न्यारोबडी जहाज पोखरा आयो । प्राविधिक रूपमा सम्भाव्यता छैन भन्ने तर्कको तथ्य जाँच गर्नुपर्छ ।’

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn