नेपाली

काठमाडौंमा ऊर्जा प्रणाली प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, १५ देशका ऊर्जा विशेषज्ञ सहभागी

criPublished: 2024-11-05 15:42:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आईट्रिपलई-पीईएसका भाइस प्रेसिडेन्ट निर्मल नायरले उर्जा क्षेत्रका चुनौतीपूर्ण विषयहरुमा विद्यार्थीहरुलाई पारंगत बनाउन आईट्रिपले इन्जिनियरहरुलाई छात्रवृत्ति दिइरहेको जानकारी दिनुभयो।

ऊर्जा मन्त्रालयका पूर्वसचिव दिनेशकुमार घिमिरेले विश्वासिलो र गुणस्तरीय उर्जा अहिलेको आवश्यकता रहेको बताउनुभयो । ‘नेपालको उर्ज खपतमा ६१ हिस्सा बायोमास (दाउरा गुइँठा आदि)को छ । १० प्रतिशत नवीकरणीय उर्जाको छ र यो बढ्दो क्रममा छ’, उहाँले भन्नुभयो, ‘भविष्यमा दिगो उर्जा प्रणालीको विकास सबैका लागि महत्वपूर्ण हुनेछ ।’

कार्यक्रममा आईट्रिपलईको पावर एन्ड इनर्जी सोसाइटी (पीईएस) नेपाल च्याप्टरका अध्यक्ष प्रा. नवराज कार्कीले यति महत्वपूर्ण सम्मेलन काठमाडौँमा गर्न पाउनु नेपालका लागि गौरवको कुरा रहेको बताउनुभयो।

चाइनिज सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियरिङ र आई ट्रिपल ई पावर एन्ड इनर्जी सोसाइटीको पहलमा सन् १९९८ देखि भइरहेको सम्मेलन मूलतः एसिया प्यासिफिक मुलुकहरुमा आयोजना हुने गरेको छ । अहिले काठमाडौंमा यसको १६औँ संस्करण भइरहेको हो ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn