नेपाली

बाढीपहिरोका कारण केरुङमा रोकिएका कन्टेनर भित्रिन थाले

criPublished: 2024-10-29 16:21:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

प्याकुरेलका अनुसार कन्टेनरहरु बिहान ८ बजेदेखि ११ बजेसम्म केरुङबाट रसुवा आउने र यताबाट बेलुकी ४ बजेपछि केरुङ जाने तालिका बनाइएको छ। बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म चिनियाँहरुले क्षतिग्रस्त सडक बनाउने समय निर्धारण गरेका छन्। केरुङतर्फको सडक धेरै बिग्रेको सीमा अधिकारीहरु बताउँछन्।

कतिपय स्थानमा त सडकको नामोनिसाना मेटिएको छ। कतिपय स्थानको पुरै सडक भोटेकोशीमा खसेको केरुङबाट फर्केका व्यवसायी बताउँछन्। सडक पैदल हिँड्न पनि नहुने भएपछि दसैंअघि चिनियाँ सुरक्षाकर्मीको सहयोगमा नेपालीहरु केरुङबाट सीमासम्म आएका थिए।

विशेषगरी स्याउ, आँप, किबी, ओखर, लसुनलगायतका कुहिने र सडेर जानसक्ने खाद्यबस्तुको आयात हुन नसक्दा नेपाली व्यवसायीले करोडौं नोक्सानी बेहारिसकेका छन्। चाडबाड केन्द्रित गरेर आयात गरेका व्यापारिक सामान पनि यस वर्ष बिक्री गर्न नसकिने भएको छ। यस अवधिमा लाखौं मुल्यका स्याउन कुहिएको छ। स्याउका कतिपय कन्टेनर केरुङको कोल्डस्टोरमा राखिएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn