नेपाली

कोरला नाकामा पर्यटकको लर्को

criPublished: 2024-10-29 16:28:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

त्यस्तै बाह्य पर्यटकका लागि अर्धनिषेधित उपल्लो मुस्ताङ र कोरला सीमादेखि केही किलोमिटर तल छोसेरसम्म पुग्ने बाह्य पर्यटकको संख्या पनि उत्तिकै बढेको छ। सशस्त्र प्रहरी बल नेचुङ बीओपीको अभिलेख अनुसार असोजदेखि कात्तिक पहिलो सातासम्म ५ हजार बाह्य पर्यटकले लोमन्थाङ र छोसेरस्थित झोङ गुफा भ्रमण गरेका छन्।

उपल्लो मुस्ताङ भ्रमणमा जान बाह्य पर्यटकले भने कम्तीमा २ जनाको समूहमा र न्यूनतम १० दिनको ५ सय डलर अतिरिक्त शुल्क बुझाएर भ्रमण अनुमति लिनु पर्छ। कारण खुलाएर थप बस्ने पर्यटकले दैनिक अतिरिक्त ७० डलर तिर्नु पर्छ।

छोसेर स्थित इलाका प्रहरी कार्यालयका अनुसार कोरला नाका हेर्न असोज–मंसिर र फागुन–जेठको सिजनमा आन्तरिक पर्यटक पुग्छन्। कोरला पुग्ने मध्य ८० प्रतिशत अन्तरिक पर्यटक दसैं तिहारबीचमा आउँछन्।

आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेसँगै लोमन्थाङमा होटल व्यवसायको संख्या पनि बढेको छ। होटल व्यवसायी समितिका अनुसार लोमन्थाङमा ३० लाखदेखि २० करोडसम्म लगानीका ३० वटा होटल छन्। यी होटलमा २ सय २८ कोठामा ५ सय बड छन्। यो वर्ष ५० कोठा थप हुँदैछन्। छोसेर र छोनुपमा १२ तथा चराङ र घमीमा पनि १५ बढी होटल छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn