नेपाली

कोरला नाकामा पर्यटकको लर्को

criPublished: 2024-10-29 16:28:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सम्पदा सूचीमा सूचीकृत ‘माटोको सहर’लोमन्थाङ र चीनसँगको २४ नम्बरको सीमास्तम्भ रहेको तिब्बती पठार नेचुङ–लेक्जे (कोरला) नाकामा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ।

बालुवा नै बालुवाको सुख्खा अनौठो भूगोलले मात्र होइन, हिमालपारीको मुस्ताङ र चीनको स्वशासित तिब्बत सीमावर्ती लोमन्थाङ (कोरला नाका) पर्यटकका आकर्षणको केन्द्रविन्दु बनेको छ। तिब्बती बोर्डरसम्म मोटरबाटो पुगेपछि उपल्लो मुस्ताङको लोमन्थाङमा आन्तरिक पर्यटकको ओइरो लागेको कान्तिपुर दैनिकले लेखेको छ।

लोमन्थाङ गाउँपालिका-१ नेचुङस्थित सशस्त्र प्रहरी बलको बीओपीका अनुसार असोजदेखि दैनिक ४ हजार बढी नेपाली बस, जिप र मोटरसाइकलमा कोरला नाका पुगेका छन्।

‘असोज पहिलो सातादेखि नै कोरला नाकामा पुग्ने आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ। दैनिक बस, जिप, भ्यान, मोटरसाइकल, स्कुटरसमेतका ३ सयबढी सवारीसाधनहरु कोरला भित्रिन्छन्,’ नेचुङस्थित सशस्त्र प्रहरी बलको बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नारायण अधिकारीले भने, ‘कोरला नाकामा नेपालीको आर्कषण बढेसँगै चिनियाँ पक्षले बढी सतर्कता अपनाएको छ। ड्रोन र डीएसएलआर क्यामेराले तिब्बत तर्फका संरचनाको फोटो भिडियो खिच्न नपाइने जनाएपछि हामीले कोरला पुग्ने यात्रुलाइ सतर्क गराउने गरेका छौं।’

इतिहासमा आफ्नो राज्य सुरक्षित राख्न ‘ग्रेटवाल’खडा गरेको चिनियाँले दक्षिणी नाकाहरुमध्यको एक कोरला नाकामा दायाँबायाँ ठाउँठाउँमा सोलारसहित स्वचालित सीसीटिभी र अन्य उपकरण जडान गरी कयौं किलोमिटर लामो काँडेतारबार लगाएर उच्च सुरक्षा सर्तकता तर्फ संकेत गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक अधिकारीले थपे, ‘अहिले कोरला पुग्ने सबै यात्रुले नेचुङमा अभिलेखित भइ, विदेशी भए/नभएको प्रमाणित गरी जानु पर्ने व्यवस्था गरिएकोले कोरला आउँदा नेपाली भएको प्रमाणपत्र बोक्नु पर्ने भएको छ।’

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn