नेपाली

हिमाली केसरको तराईमै उत्पादन

criPublished: 2024-10-29 16:31:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दाङमा बहुमूल्य वनस्पति केसरको व्यावसायिक उत्पादन थालिएको छ। करिब २४ लाख रुपियाँको लगानीमा ‘इन्डोर फार्मिङ’ गरेर दुर्लभ र बहुमूल्य जडीबुटी केसरको व्यावसायिक उत्पादन थालिएको हो।

भारतको पन्जाबमा बाली विज्ञानमा स्नातक तह अध्ययन गरेर फर्किएका घोराही उपमहानगरपालिका–१०, नारायणपुर निवासी २७ वर्षीय विवेक अधिकारीले सनराइज कृषि फार्म स्थापना गरेर घरमै बहुमूल्य जडीबुटी केसरको उत्पादनमा लाग्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपालमा माग अनुसार केसरको उत्पादन नहुने र धेरै बाहिरबाट आयात हुने अवस्था रहेकाले व्यावसायिक उत्पादनमा लागेको अधिकारीले बताउनुभयो। हिमाली चिसो क्षेत्रमा हुने केसरलाई ‘इन्डोर फार्मिङ’ को व्यवस्था गरेर हावा र प्रकाशको व्यवस्थापन गरेर पहिलो पटक बन्द कोठामा उत्पादन थालिएको बताउनुभयो।

कृषि अध्ययन गरेपछि स्वदेशमै केही गर्नु पर्छ भन्ने उद्देश्यले फर्किएर आफ्नो ठाउँमा परीक्षणका रूपमा उत्पादन सुरु गरेपछि गुणस्तरीय उत्पादन भइरहेको उहाँले बताउनुभयो। “केसर बहुउपयोगी वनस्पति हो। समुद्र सतहबाट एक हजार पाँच सयदेखि दुई हजार पाँच सय मिटरसम्म यसको खेती हुने भए पनि तराई क्षेत्रमा पहिलो पटक गरिएको हो,” उहाँले भन्नुभयो।

खास गरी नेपालमा जुम्ला, डोल्पा, हुम्लालगायत नेपालका पूर्वी क्षेत्रमा खेती हुने गर्दछ तर त्यस क्षेत्रमा हुने उत्पादनले देशको माग पूर्ति नगर्ने भएकाले नेपालमा भारतलगायत बाहिरी देशबाट वार्षिक तीन हजार किलोग्राम केसर आयात हुने गरेको छ।

यसरी हुने आयातलाई रोक्न ‘इन्डोर फार्मिङ’ को व्यवस्थापन गरेर उत्पादनमा लागेको बताउँदै अधिकारीले भन्नुभयो, “दाङमा खुला रूपमा केसरको उत्पादन गर्न सकिँदैन। बन्द कोठामा एसीको सहायताले भारतको कास्मिरमा हुने अहिलेको चिसो व्यवस्थापन गरेर उत्पादन थालेका छौँ।” कोठाभित्र टाँडी बनाएर केसरलाई राखिएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn