नेपाली

श्रमिकलाई बढाइएको आर्थिक सहायता लागु

criPublished: 2024-10-28 16:48:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवार र अङ्गभङ्ग वा गम्भीर बिरामी भएकाका लागि बढाइएको आर्थिक सहायता लागु भएको छ। सरकारले कात्तिक ८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेसँगै वृद्धि गरेर १० लाख रुपियाँ पुर्‍याइएको वैदेशिक आर्थिक सहायता लागु भएको गोरखापत्र अनलाइनले लेखेको छ।

यसअघि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवार र विदेशमा रोजगारीकै क्रममा गम्भीर बिरामी वा अङ्गभङ्ग भएकाले आर्थिक सहायताबापत प्रतिव्यक्ति सात लाख रुपियाँ पाउँदै आएका थिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार (छैटौँ संशोधन) नियमावली–२०८१ मार्फत वैदेशिक रोजगारीका क्रममा मृतकका परिवार र अङ्गभङ्ग वा गम्भीर बिरामीले प्राप्त गर्ने आर्थिक सहायताबापतको रकम वृद्धि गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले हाल दिँदै आएको आर्थिक सहायताबापतको रकम थोरै भएकाले अहिले पाउँदै आएकोमा तीन लाख वृद्धि गरी १० लाख रुपियाँ पुर्याइएको जानकारी दिनुभयो। यस प्रकारको आर्थिक सहायता रकम वैदेशिक रोजगारीका क्रममा वा नेपाल फर्किएको एक वर्षसम्म मृत्यु भएमा प्रतिपरिवार १० लाख रुपियाँ दिने गरी नियमावली संशोधन गरी कार्यान्वयनमा आएको उहाँले जानकारी दिनुभयो।

गत असोजमा बसेको मन्त्रीपरिषद् बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधनलाई स्वीकृत गर्दै आर्थिक सहायता रकम बढाउने निर्णय गरेको थियो। सहायता रकमसम्बन्धी निर्णय धेरै पुरानो भएको र अहिलेको अवस्थामा कम भएकाले बढाउने निर्णय गरिएको श्रममन्त्री भण्डारीले जानकारी दिनुभयो।

यसअघि २०८० साउनमा नै श्रममन्त्री भण्डारीको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्डको बैठकले आर्थिक सहायता रकम बढाउने निर्णय गरेको थियो। बोर्डबाट २०६५ सालदेखि मृतकका आफन्त तथा अङ्गभङ्ग भएका श्रमिकलाई आर्थिक सहायता दिन थालिएको हो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn