नेपाली

नव निर्मित गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले उत्साह

CRIPublished: 2024-10-27 15:29:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुने भएपछि आफूहरू खुसी भएको सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर नेपालका निर्वतमान अध्यक्ष सञ्जय बजिमयले जनाउनुभयो । अन्तर्राष्ट्रिय उडानबाट लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित बनेको उहाँको भनाइ छ ।

आन्तरिक तथा बाह्य पर्यटकीय सम्भावना प्रवर्द्धनका लागि र युरोपियनलगायत खाडी मुलुकका लागि पनि हुने गरी अन्य ठूला विमानसँग समयतालिका मिलाएर उडान गर्ने पक्का भए त्यसबाट केही राहत हुन सक्नेछ । जसरी भए पनि प्रत्यक्ष यहाँको उडान हुनुपर्ने आफूहरूको चाहना रहेको बजिमयको भनाइ छ ।

आर्थिक क्षेत्र सोचेजस्तो चलायमान हुन नसकेको अवस्थामा विमानस्थल सञ्चालनपछि पर्यटन व्यवसाय उकासिन सक्ने सिद्धार्थ होटल एसोसिएसनका महासचिव इन्द्रलाल न्यौपाने (महेन्द्र) ले बताउनुभयो। विमानस्थल सञ्चालनपछि बुद्ध सर्किट अवलोकन र अध्ययनका लागि पर्यटक लुम्बिनी आउने उहाँको विश्वास छ। त्यसले लुम्बिनीसँगसँगै अन्य बुद्धस्थल घुम्ने र पर्यटकले बसाइ लम्बाउने जनाउनुभयो । अहिले वार्षिक ६० हजार पर्यटक एक रातका लागि होटलमा बसेको भए पनि त्यस बसाइमा वृद्धि हुनेबित्तिकै आर्थिक वृद्धि हुने र देशमा समृद्धि छाउन सक्ने उहाँको भनाइ छ ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn