नेपाली

नव निर्मित गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले उत्साह

CRIPublished: 2024-10-27 15:29:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडानको खबरले त्यहाँको निजी क्षेत्र उत्साहित बनेको छ । यस विमास्थलबाट केही महिना अन्तर्राष्ट्रिय उडान सञ्चालनपछि बन्द भएका थिए । स्थानीय उद्यमी, व्यवसायीको दबाब र विमानस्थल व्यवस्थापनको पहलपछि यसै महिनाबाट दुई वटा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान सुरु गर्दै छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन अहिले उडान तयारीको अन्तिम चरणमा छ । आगामी नोभेम्बर ९ र १० तारिखबाट दुबईको फ्लाई दुबई र कुवेतको जजिरा एयरलाइन्सले उडान भर्ने पक्का भएको छ । दुवै एयरलाइन्सले अहिले बुकिङ खुला गरिसकेका छन् ।

यहाँबाट दैनिक उडान तालिका बनाएको फ्लाई दुबईले बुकिङ खुला गरिसकेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उक्त एयरलाइन्सले नोभेम्बर १० बाट दैनिक उडान गर्नेछ । उक्त कम्पनीका जहाज प्रत्येक दिन दिउँसो एक बजेर ४५ मिनेटमा भैरहवामा अवतरण गर्नेछन् । दुई बजेर ४५ मिनेटमा यहाँबाट उडान गर्ने कान्तिपुर अनलाइनले जनाएको छ ।

भैरहवामा सबैभन्दा पहिले अन्तर्राष्ट्रिय उडान थालेको कुवेतको जजिरा एयरलाइन्सले पनि बुकिङ खुला गरिसकेको छ । नोभम्बर ९ बाट सातामा तीन दिन उडान तालिका बनाएको जजिर एयरलाइन्सको जहाज बिहान ७ बजेटर ४५ मिनेटमा भैरहवामा अवतरण गर्नेछ । मंगलबार, बिहीबार र शनिबार उडान गर्ने जहाज भैरहवाबाट यात्रु लिएर बिहान साढे ८ बजे फर्किनेछ । यी दुईबाहेक थाइल्यान्डमा मुख्यालय रहेको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलबाट उडान भर्नेबारे अध्ययन गरिरहेको जनाएको छ ।

भैरहवाबाट उडान भर्न पाए नागरिकलाई सस्तो पर्ने, घरपाई सुविधा लिन पाए नागरिकलाई सहज हुनेछ। अन्तर्राष्ट्रिय उडानले बाहिरी बजारलाई चलायमान बनाउने र करोडौं लगानी गरेका व्यवसायीले समेत व्यापार गर्न पाउने भएकाले संरचनागत रूपमा तयार विमानस्थल सञ्चालन हुनुपर्ने देखिन्छ। सरकारले पनि विभिन्न सहुलियतका निर्णय गरेकाले यात्रु भैरहवाबाट उड्ने र बानी पर्ने तिवारीले जनाउनुभयो । विमानस्थलभित्र सबै खालका काम हुने गरी सुविधा रहेको र केही खाडी मुलुकका लागि आवश्यक पर्ने स्वास्थ्य जाँचको काम नहुने भएकाले त्यसका लागि समेत पहल थालिएको उहाँले बताउनुभयो ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn