नेपाली

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने

CRIPublished: 2024-10-22 16:04:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले तिहार लक्षित गरेर गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शन गर्ने भएको छ । पुष्प व्यवसायीहरूको छाता संगठन फ्यानले १७औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ गर्न लागेको हो ।

अनलाइनखबरका अनुसार फूलहरूको चाड तिहारमा ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नारासाथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ८ देखि ११ कात्तिकसम्म ललितपुर जावलाखेलस्थित खेल मैदानमा हुनेछ ।

प्रदर्शनीमा व्यावसायिक स्टल ६८, प्रतियोगितात्मक २, अफिसियल ४ र फोटो पारखीका लागि सेल्फी १ गरी कुल ७५ प्रदर्शनी स्टल रहेको फ्यानले जनाएको छ । प्रदर्शनीमा गोदावरी फूलको ५ प्रजातीका आधारमा प्रतिस्पर्धा समेत हुने भएको छ ।

प्रदर्शनीमा सहभागी नर्सरी/फर्मले उत्पादन गरेका गोदावरी फूलका ५ प्रजातीमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । प्रतिस्पर्धा हुने गोदावरीका प्रजातीमा मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर छन् ।

प्रर्शनीमा गत वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातीका फूल बिरुवा समेत प्रदर्शन तथा बिक्री वितरण हुनेछन् । साथै, यो सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य मौसमी फूल बिरुवा समेत प्रदर्शनीमा समावेश हुनेछन् ।

चार दिन चल्ने प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा आयोजकको छ ।

फ्यानका अनुसार २०११ सालदेखि पुष्प व्यवसाय सुरु भएको इतिहास छ । २०४९ सालसम्म लगभग ८० को संख्यामा मात्रै नर्सरी व्यवसायी थिए । फ्यानका अनुसार हरेक वर्ष पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत हाराहारीमा रहँदै आएको छ । गत वर्षसम्म ४८ जिल्लामा पुष्प खेती भइरहेकोमा यस वर्ष अर्घाखाँची, खोटाङ, उदयपुर र बर्दियामा पनि पुष्प व्यवसाय सुरु भएको पाइएको हुँदा पुष्प व्यवसाय हुने जिल्ला संख्या ५२ पुगेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn