उपसभामुख र हपै प्रान्तीय जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष बीच भेटवार्ता
उहाँले औद्योगिक क्षेत्रको रुपमा विकास भएको हपै प्रान्तमा वायु प्रदूषण र वातावरण संरक्षणका लागि गरिएका प्रयासका बारेमा पनि संसदीय टोलीसँग जिज्ञासा राख्नुभएको थियो।
हपै प्रान्तीय जन कांग्रेसको स्थायी समितिको उपाध्यक्ष झाङ मेइझीले चीनियाँ जनकांग्रेस र नेपालको सङ्घीय संसदका बिचमा संसदीय अनुभव आदानप्रदान हुँदै आएको चर्चा गर्दै अर्थतन्त्र, शिक्षा, पर्यटन र सांस्कृतिक क्षेत्रमा नयाँ आधार तय गर्न चाहेको बताउनुभयो। उहाँले हपै प्राप्तमा भइरहेका विकास र परिवर्तन तथा पर्यटकीय सम्भावनाका क्षेत्रका बारेमा चर्चा गर्दै प्रान्तीय जनकांग्रेस र नेपालको संसदका बिचमा सहकार्य र अनुभव आदानप्रदान बढाउन सकिन्छ भन्नुभयो।
तस्बिर: उपसभामुखको सचिवालय