नेपाली र चिनियाँ अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक
त्यस्तै नेपाली भाषामा अनुवाद एवम् प्रकाशनका लागि छानिएका रिडिङ गाइड फर सी चिनफिङ थट अन सोसलिजम विथ चाइनिज क्यारेक्टरिस्टिक्स फर अ न्यु एरा, सेभेन्टी इयर्स अफ न्यु चाइना, अ सर्ट हिस्ट्री अफ चाइनिज फिलोसफी, द एनोटेटेड क्रिटिकल लाओजी, सेलेक्टेड स्टोरिज अफ जिया दसान, ह्वाई एन्ड हाउ द सीपीसी वक्र्स इन चाइना, ह्वाइट डिअर प्लेइन, रेड सर्गम, ट्रान्सलेसन एन्ड एनोटेसन अफ द बुक अफ चुआङ्जी, द ग्रास हाउस, द म्याजिक गर्ड, इस्टर्न एन्ड वेस्टर्न कल्चर्स एन्ड फिलोसफिज, अ ब्रिफ हिस्ट्री अफ एन्सिएन्ट चाइनिज आर्किटेक्चर गरी १३ चिनियाँ पुस्तक सार्वजनिक गरिएको हो।
पुस्तक सार्वजनीकरण कार्यक्रममा बोल्दै नेपाली विज्ञ समितिका अध्यक्ष कुलपति राईले भौगोलिक जटिलता र भाषिक भिन्नताका कारण नेपाल र चीनबिचको साहित्यिक र सांस्कृतिक सम्बन्धलाई थप उचाइमा पुर्याउने चुनौती रहे पनि पछिल्लो समय दुवै पक्षले लिएको पहलबाट प्राज्ञिक, साहित्यिक एवम् सांस्कृतिक सहकार्यले गति लिन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो।
नेपाल र चीनबिचको नयाँ सहकार्यले नेपाली र चिनियाँ भाषा, साहित्य र संस्कृतिको आदानप्रदानमा अझ महत्त्वपूर्ण योगदान पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।त्यस्तै चिनियाँ विज्ञ समितिका अध्यक्ष लि यानले चिनियाँ राष्ट्रपति सी चिन फिङको मार्गदर्शनअनुसार चीन सरकारले विभिन्न एसियाली देशसँग शास्त्रीय ग्रन्थको अनुवादका लागि थालेको पहलअन्तर्गत नेपाली पक्षसँग सहकार्य गर्न पाउँदा उत्साही भएको बताउनुभयो।
भ्रमणका क्रममा नेपाली टोलीले छङ्तुमा असोज २५ गतेदेखि सुरु भएको चारदिने तियान्फु बुक फेयरको उद्घाटन कार्यक्रममा सहभागी हुनुका साथै सिचुवान प्रान्तका भाइस गभर्नर हु युनसँग औपचारिक भेटघाट गरी अनुवाद परियोजनाका सन्दर्भमा छलफल गरेको थियो।