घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
उहाँकाअनुसार पहिलेभन्दा अहिले घोडाघोडी क्षेत्र व्यवस्थितहुँदै गएको छ। पर्यटकका लागि पैदलमार्ग स्थापना भएका छन्। घोड सवारसँगै ढुङ्गामा सयर गर्न पनि पाइन्छ त्यसैले पनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।
चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीका अनुसार ‘नेपालकै पहिलो बर्ड सेञ्चुरी घोषणा गरेपछि पनि यहाँ पर्यटकको सङ्ख्या बढेको छ। घोडाघोडीमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थाले पनि पर्यटक लामो समयसम्म अडिनसक्ने वातावरण नरहेको पर्यटन व्यवसायी डबल शाहको भनाइ छ।
एक सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल औँला भएको हत्केला आकारको छ। एउटा तालको सीमा टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने घोडाघोडी क्षेत्र तालैतालको मालाजस्तै देखिन्छ। जङ्गलबीच तालैतालको लस्करसहित जैविक विविधताले भरिएको यस क्षेत्र तराई र चुरे जोड्ने जैविकमार्गका रूपमा रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष चौधरीले बताउनुभयो।