नेपाली

साहासिक पदयात्राका लागि थोराङ्ला पास

criPublished: 2024-10-15 16:07:38
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विविधतायुक्त भूगोल, संस्कृति, प्रकृतिको सङ्गम र साहासिक मानिने थोराङ्ला झञ्ज्याङको पदयात्राको आकर्षण हो। थोराङ्ला झञ्ज्याङ समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा छ। गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङ्लालाई साहासिक गन्तव्यका रुपमा लिइन्छ। शरद यामको सुरुवातसँगै मनाङदेखि थोराङ्ला झञ्ज्याङ पार गरेर मुस्ताङतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको उपल्लो मनाङका होटल व्यवसायी समेत रहेका जिल्ला समन्वय समिति मनाङका सदस्य घ्याचो गुरुङले बताउनुभयो।

'थोराङ्ला र तिलिचो ताल घुम्न आउने मुख्य याम शरद र वसन्त नै हो',उहाँले भन्नुभयो, 'पहिले पथप्रर्दशक र भरिया बाहेक अधिकांश विदेशी पर्यटक मात्र आउने थोराङ्ला पदयात्रा पछिल्लो समय नेपालीहरुको पनि रोजाइमा परेको छ।' थोरङ्ला ला भनेको तिब्बती भाषामा पास हो। शाब्दिक रुपमा यात्राको उच्च बिन्दु हो।

दसैँ तिहारको बिदामा थोराङ्ला र तिलिचो घुम्नका लागि देशका विभिन्न ठाउँबाट कर्मचारी, व्यापारी, विद्यार्थीहरुको टोली आउने क्रम बढेको गुरुङले बताउनुभयो। सडक यातायात, आवास तथा होटलको व्यवस्था, पदमार्गको स्तरोन्नति, सञ्चार सुविधा विस्तार, डिजिटल मार्केटिङ र भ्रमणसम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले घुम्नैपर्ने गन्तव्यमा सूचीकृत गरेका कारण अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आकर्षण बढेको हो। मनाङदेखि थोराङ्ला हुँदै मुस्ताङ भ्रमण गरेर फर्किएकी काठमाडौँकी जुली श्रेष्ठले मनमोहक हिमशृङ्खला, विविधतायुक्त भूगोल, संस्कृति, रहनहसन, धार्मिक तथा वस्तुकला अवलोकन गर्न पाउँदा रमाइलो महसुस भएको अनुभव सुनाउनुभयो। यात्रामा अन्नपूर्ण प्रथम द्वितीय र चौथो धौलागिरिको साथै माछापुछ्रे, मनास्लु गङ्गपूर्ण तिलिचो चुचुरो अन्य हिमाल देख्न सकिन्छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn