नेपाली

गौतमबुद्ध विमानस्थलबाट फ्लाई दुबई, जजिरा र एयर एसियाले उडान गर्दै

criPublished: 2024-10-14 16:34:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दैछन्।

निर्माण सम्पन्न भएको लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्यान्ड मुख्यालय रहेको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन्। यी तीनवटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकका राससले जनाएको छ। सोहीअनुरूप उडान तालिका बनाएको विमानस्थलले जनाएको छ।

फ्लाई दुबईले आगामी कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्नेछ। कम्पनीको यो विमानस्थलमा पहिलो उडान हुनेछ। हप्ताका सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो।

यसैबीच फ्लाई दुबईको प्राविधिक टोलीले गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको महाप्रबन्धक तिवारीले बताउनुभयो। जजिरा एयरले भने कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दै छ। यसअघि १० महिना उडान गरेर उडान स्थगन गरेको एयरलाइन्सले पुनः सोही उडान सुरु गर्ने भएको हो। जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ। जजिराको विमान बिहान ७-३० मा भैरहवा आएर ८-३० मा कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको विमानस्थलले जनाएको छ। दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो। प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगन गरेको थियो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn