नेपाली

विश्व बैंकको प्रतिवेदन भन्छ– नेपालमा सबैभन्दा कम बजार प्रतिस्पर्धा

criPublished: 2024-10-05 14:55:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सार्वजनिक सेवातर्फ नेपालले ४९.२९ अंक पाएको छ। विकसित मुलुकहरु सिंगापुरको ७०.४०, न्युजिल्यान्डको ६८.९१, हङकङको ६२.६४ हुँदा बंगलादेशको ४१.६४, इन्डोनेसियाको ६३.४४, पाकिस्तानको ४४.९७ र फिलिपिन्सको ५०.८० अंक छ।

तेस्रो आधारस्तम्भ सरकारी नीतिनियमको कार्यान्वयन क्षमताको विषयमा छ। यसमा सरकारी नियम/कानुन र सरकारी निकायहरुले उपलब्ध गराएको काम गर्ने वातावरणबारे उल्लेख छ। नेपालले सञ्चालन पर्याप्तता (अपरेसन इफिसेन्सी)मा राम्रो अंक पाएको छ। ७२.२१ अंक राम्रो रहे पनि नीतिहरु राम्रो नरहेको उल्लेख छ।

नेपालभन्दा राम्रो रहेको न्युजिल्यान्डको ७२.२१, हङकङको ७८.५२, बंगलादेशको ७०.४९, इन्डोनेसियाको ६१.३१, पाकिस्तानको ६५.२० अंक रहेको छ। नेपालमा कम्पनी खोल्दा गर्नुपर्ने अनलाइनको प्रयोग, व्यावसायिक वातावरण र लैंगिक पक्षलाई समेत हेरिएको छ।

यसका लागि २० अंकलाई आधार बनाएर पहिलो, दोस्रो, तेस्रो, चौथो र अन्तिम गरी वर्ग विभाजन गरिएको छ।। पहिलो वर्गमा पर्नेको व्यावसायिक वातावरण राम्रो छ भने अन्तिममा हुने नराम्रो छ।

विश्व बैंकको प्रतिवेदनअनुसार व्यवसाय प्रवेशमा नेपालले ६६.३६ अंक पाएको छ। त्यसैगरी व्यावसायिक ठाउँ ६०.५१ अंक, युटिलिटी सेवा ६५.३९, श्रमिक ६५.७०, वित्तीय सेवा ७०.५८, अन्तर्राष्ट्रिय व्यापार ६६.७७, कर ५७.९९, विवाद समाधान ६४.४०, बजार प्रतिस्पर्धा ३३.०६ र व्यवसाय टाट पल्टिनेमा ५२.०४ अंक छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn