नेपाली

छैटौं एसियाली जनसंख्या सम्मेलन मंसिरमा, जनसांख्यिकीय प्रभाव र अवसरमा केन्द्रित हुने

criPublished: 2024-10-03 15:36:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गुरुङले नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सम्पन्न भइसकेको र सम्मेलनमा तथ्यांकको थप विश्लेषण हुने अपेक्षा सम्मेलनबाट गरिएको बताउनुभयो। उहाँका अनुसार नेपालमा हुने उक्त सम्मेलनबाट प्राप्त निष्कर्षले नेपालको जनसांख्यिक समस्या, पहिचान र सुझावसहितको नीतिनिर्मातालाई भविष्यको जनसंख्यासम्बन्धी नीति तथा कानुन निर्माणमा सहयोग पुग्छ।

यसैबिच नेपाल जीवनस्तर सर्वेक्षणको चौथो चरण पनि पूरा हुँदै छ, जसले गरिबी र आर्थिक विकासमा जनसांख्यिकीय परिवर्तनको प्रभावलाई अपेक्षित रूपमा चित्रण गर्ने नै छ। यसबारे पनि सम्मेलनम अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरूबिच छलफल हुने अपेक्षा गरिएको छ।

तसर्थ, सम्मेलनले नेपालको जनसंख्या र विकासको भविष्यका लागि अन्तर्राष्ट्रिय समुदायसँग अनुभव आदानप्रदान गर्ने ठूलो अवसर बन्ने छ। जनसंख्या केन्द्रीय विभाग कीर्तिपुर र नेपाल सरकारको सहभागितामा आयोजना गरिने उक्त सम्मेलनले जनसंख्या क्षेत्रमा कार्य गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूबिच अनुसन्धान र उत्कृष्ट अभ्यास अन्वेषण गर्न र विस्तार गर्न प्रोत्साहन गर्ने उद्देश्य सम्मेलनले लिएको छ। साथै नीति, योजना, अनुसन्धान, शिक्षण, अनुगमन तथा मूल्यांकन र अन्य सान्दर्भिक गतिविधिसहित सेवा क्षेत्रमा जनसंख्या र दिगो विकासका मुद्दा सरकारी संस्था, विश्वविद्यालय, विकास संस्था र अन्य सरोकारवालाबिच प्रस्तुत गर्ने–गराउने, नेपालको विकास एजेन्डालाई थप प्रवद्र्धन गर्न प्रमाणमा आधारित राष्ट्रिय नीति प्रवद्र्धन र वकालत गर्ने उद्देश्यका साथ प्रमुख विकासका क्षेत्रमा भएका कमीलाई पूरा गर्ने, जनसंख्या र विकासका विषयमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई आफ्ना अनुभव आदानप्रदान गर्न मञ्च उपलब्ध गराउने र शैक्षिक र नीतिका आधारका रूपमा प्रयोग गर्न सकिने उत्कृष्ट अभ्यास र अनुसन्धान निष्कर्ष दस्ताबेजीकरण गर्ने मुख्य लक्ष्य रहेको जनसंख्या केन्द्रीय विभागले जनाएको नागरिकन्यूज अनलाइनले लेखेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn