नेपाली

छैटौं एसियाली जनसंख्या सम्मेलन मंसिरमा, जनसांख्यिकीय प्रभाव र अवसरमा केन्द्रित हुने

criPublished: 2024-10-03 15:36:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको जनसंख्या र विकासको भविष्यका लागि छैटौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने तय भएको छ। आउँदो मंसिर १२ देखि १५ सम्म सञ्चालन हुने उक्त सम्मेलनमा नेपाल तथा एसिया क्षेत्रमा देखिएका वर्तमान जनसांख्किीय संक्रमण, जनसंख्या र यसको विकासमा देखिने भावी प्रभावबारे विज्ञहरूले मन्थन गर्नेछन्।

नेपालको सन्दर्भमा जनगणना ०७८ को नतिजा र विभिन्न सर्वेक्षणअनुसार नेपालमा ठूलो जनसांख्किीय परिवर्तन भएको देखिन्छ। नेपालको प्रजनन दर प्रतिस्थापन स्तर २.१ मा पुगको छ। जनसंख्या वृद्धिदर वार्षिक ०.९२ प्रतिशतमा झरेको छ।

निर्भरता अनुपात ६० प्रतिशतभन्दा तल छ। नेपालमा ज्येष्ठ नागरिकहरूको संख्या वृद्धि भएर सात प्रतिशत पुगेको छ। अब नेपाल ज्येष्ठ नागरिकको समाजमा प्रवेश गरेको छ। यी तथ्यले नेपाल जनसांख्यिकीय लाभांशको अवसर प्रयोग गर्न लागिरहेको छ।

यसैबिच नेपाल जीवनस्तर सर्वेक्षणको चौथो चरण पनि पूरा हँुदै छ, जसले गरिबी र आर्थिक विकासमा जनसांख्यिकीय परिवर्तनको प्रभावलाई अपेक्षित रूपमा चित्रण गर्ने जनसंख्याविद् एवं त्रिवि जनसंख्या केन्द्रीय विभागका प्रमुख प्रा.डा. योगेन्द्रबहादुर गुरुङले बताउनुभयो। यो सम्मेलनले विज्ञ, नीति निर्माता, सरकारी अधिकारीहरूका लागि प्रमुख मञ्चका रूपमा काम गर्ने छ।‘नेपालका लागि यो सम्मेलन वर्तमान जनसांख्यिकीय संक्रमण र जनसंख्या र विकासमा यसको भावी प्रभाव अन्तर्राष्ट्रिय समुदायलाई अन्वेषण गर्ने र उनीहरूका अनुभवबाट सिक्ने अवसर हो’, गुरुङले भन्नुभयो ,‘राष्ट्रिय तथ्यांक कार्यालयले नेपाली जनगणनाको १२औं शृंखला २०२१ को जनसंख्या तथा आवास जनगणनाका सबै तथ्यांक सार्वजनिक गरेको छ। हाल कार्यालयले जनसंख्या अध्ययन केन्द्रीय विभाग, त्रिविसँग सहकार्य गरी जनगणना तथ्यांकको विश्लेषण गरी करिब दुई दर्जन विषयगत प्रतिवेदन उत्पादन गर्ने काम गरिरहेको छ।’

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn