नेपाली

पर्यटनमा लुम्बिनी प्रदेश उत्कृष्ट

criPublished: 2024-10-02 15:31:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

प्रदेशका सबै जिल्लामा धार्मिक मठ मन्दिर रहेका छन् भने सांस्कृतिक रूपमा पनि थारू संस्कृति, मगर संस्कृति, अवधि संस्कृति, मुस्लिम संस्कृति र खस–आर्य संस्कृतिमार्फत् पर्यटक गतिविधि अघि बढाउन मद्दत पुग्ने देखिन्छ । भौगोलिक अवस्थिति र भू–बनावट, गौतम बुद्धको जन्मस्थल, हिन्दूहरूको पवित्रस्थल स्वर्गद्वारीलगायत थुप्रै धार्मिक तथा सांस्कृतिक पुरातात्विक महत्त्वका मठमन्दिर, स्मारक, सम्पदा, तालतलैया तथा ऐतिहासिक स्थलका साथै थारू, मगर, अवध, मुस्लिम आदि समुदायको विशिष्ट संस्कृति, बाँके र बर्दियामा रहेका विश्व प्रसिद्ध राष्ट्रिय निकुञ्जहरूले गर्दा प्रदेशको महत्त्व बढेको छ।

बर्दिया र बाँके राष्ट्रिय निकुञ्जलाई थप विकास एवं व्यवस्थित गरी प्रशस्त मात्रामा बाह्य पर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको र मानसरोवर यात्राको आधार बिन्दुका रूपमा पश्चिम नेपालगञ्जलाई थप विकास गर्न सकिन्छ । पर्यटनमार्फत् यस प्रदेशको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन तथा लुम्बिनी विकास गुरूयोजना अनुसारको काम अब तोकिएकै समयमा सम्पन्न गर्न सके लुम्बिनी प्रदेश विश्वका पर्यटकका लागि अनुपम पर्यटकीय गन्तब्य बन्न सक्छ।

पर्यटन विकासका लागि विश्वमै प्रसिद्ध शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल एवं बुद्धसँग सम्बन्धित तिलौराकोट, रामग्राम, देवदह, निग्लीहवा, कक्रहवा र कुदानजस्ता ऐतिहासिक स्थलको संरक्षण र विकास गरिने नीति रहेको बताइएको छ भने पाल्पा दरबार, रानीमहल, जितगढी किल्ला, छिल्लीकोटजस्ता ऐतिहासिक स्थलको संरक्षण र विकासमा प्रदेश सरकारले ध्यान दिनु जरुरी छ।

धार्मिक पर्यटन क्षेत्रलाई पनि प्रदेश सरकारले महत्त्व दिई धार्मिक पर्यटनका सम्भावित क्षेत्रहरू प्यूठानको स्वर्गद्वारी, गुल्मीको रिडी रेसुंगा, दाङको धारापानी, रिहार र बाह्रकुने दह, परासीको त्रिवेणीजस्ता क्षेत्रको विकास र प्रवर्द्धनमा जोड दिई अघि बढ्नु आवश्यक रहेको पर्यटन व्यवसायी एवं सिद्धार्थ होटल संघ नेपाल सानका अध्यक्ष एवं हानका केन्द्रिय सदस्य चन्द्र प्रकाश श्रेष्ठ सिपीको भनाइ छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn