नेपाली

पर्यटनमा लुम्बिनी प्रदेश उत्कृष्ट

criPublished: 2024-10-02 15:31:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश पर्यटन क्षेत्रमा देशमै उत्कृष्ट छ । कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापारसँगै यो प्रदेशमा देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बुद्ध जन्मस्थल लुम्बिनी साथै बर्दियालगायतका अन्य पर्यटकीय गन्तव्यका कारण पर्यटनमा उत्कृष्ट देखिएको हो। लुम्बिनी प्रदेश सरकारले यहाँको पर्यटकीय क्षेत्रका सम्भावना अधिक देखेर आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समेत पर्यटन क्षेत्रलाई प्रत्येक वर्ष महत्त्व दिँदै आएको छ।

धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदामात्र नभई वाइल्डलाइफ, एडभेन्चर र पदयात्राका लागि पनि महत्त्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा यो प्रदेश रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा ध्यान खिच्न सफल लुम्बिनी क्षेत्र, बुद्धका पिता राजा शुद्धोधनको तिलौराकोट दरबार, बुद्ध जीवनीमा आधारित कपिलवस्तुका कुदान, गोटीहवा, निग्लीहवालगायत विभिन्न स्थान, बुद्धको मावली देवदह, बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुपलगायतका महत्त्वपूर्ण स्थल भएकाले पनि लुम्बिनी प्रदेश पर्यटन क्षेत्रका लागि उत्कृष्ट रहेको लुम्बिनी प्रदेश पर्यटन परिषदका कार्यकारी निर्देशक रामु जोशीको भनाइ छ।

वार्षिक ३० लाखभन्दा बढी आन्तरिक र २ लाखको हारहारीमा विदेशी पर्यटक यो प्रदेशमा भ्रमणका लागि आउने गरेको उहाँले बताउनुभयो। त्यसैगरी भारतीय पर्यटकहरु पनि यो प्रदेशमा उल्लेख्य संख्यामा आउने गरेका छन् । प्रदेशमा थुप्रै प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटकीय सम्पदा छन् । विश्वकै ध्यान तान्न सफल लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, चमेरे गुफा, जखेरा ताल, तिलौराकोट, निग्लीहवा, कुदान, सगरहवा, देवदह, रामग्राम, गोटिहवा, स्वर्गद्वारी, धारपानी, पुरन्धारा छहरा, बाह्रकुने दह, रिडी, रानीमहल, श्रीनगर, सुपा देउराली, जगदीशपुर ताललगायत दर्जनौं प्राकृतिक सम्पदा यस प्रदेशमा रहेको जोशीले बताउनुभएको कारोबार अनलाइनले जनाएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn