नेपाली

ढोरपाटनमा एउटै नाउरको सिकार गर्न २३ लाख खर्च

criPublished: 2024-09-21 16:50:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अघिल्लो आवमा यहाँ १९ वटा नाउर र ११ वटा झारलको सिकार अनुमति दिइएको थियो। यसबाट कुल चार करोड २६ लाख ८८ हजार ७०० राजस्व आम्दानी भएको थियो। विभागले यस वर्षको पहिलो सिजनका लागि आरक्षमा नाउर, झारल र बँदेलको प्रतिस्पर्धाबाट सिकार गराउन गत भदौ १९ गते १५ दिने सूचना जारी गरी सिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो।

सिकार कम्पनीहरूले वन्यजन्तु संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले प्रति नाउर र झारलको सिकार गरेबाफत केही रकम स्थानीय समुदायलाई समेत दिने गरेका छन्। आरक्षमा सिकार खोलाउने पेसेवर सिकार कम्पनीहरूमा नेपाल वाइल्डलाइफ एडभेन्चर, हिमालयन सफारिज, ट्र्याक्स एन ट्रेल्स, नेपाल वाइल्डलाइफ सफारी, ग्लोबल सफारिज नेपाल, ओपन नेपाल वाइल्डलाइफ सफारी एन्ड ट्रेकलगायत रहेका छन्।

हिमालयन सफारिजका सञ्चालक महेश बस्नेतले आरक्षमा सिकार कोटा सीमित भएकाले नयाँ गन्तव्य वृद्धि, चोरी–सिकारी नियन्त्रण, स्थानीयमा जनचेतना जगाई अपनत्व बढाउने, गणनामा स्थानीयको सहभागिता वृद्धि, अनुगमनका लागि सरकारी जनशक्ति खटाउने र आवश्यक पूर्वाधार बनाउनुपर्नेलगायत सुझाव दिनुभयो।

कम्पनीहरूले प्रतिसिकारी पर्यटकबाट ३० देखि ३५ हजार अमेरिकी डलर लिएर सिकार खेलाउने गरेको जनाइएको छ। सिकार खेल्न आउने विदेशीमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिका, मेक्सिको, फ्रान्स, स्पेन, रसिया, हङ्गेरी, युक्रेन, क्यानडा, जर्मनीलगायत मुलुकका रहेका छन्।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn