नेपाली

ढोरपाटनमा एउटै नाउरको सिकार गर्न २३ लाख खर्च

criPublished: 2024-09-21 16:50:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ। यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ। साहसिक सिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको छ। हाल नाउरको एक लाख ५० हजार र झारलको ७५ हजार न्यूनतम राजस्व तोकिएको अनलाइन खबरले लेखेको छ।

बोलपत्र बढाबढमा सिकार गर्ने कम्पनीले न्यूनतमभन्दा धेरै मूल्य बोलकबोल गर्ने गरेको आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो।

गत वर्षको ‘सिजन’मा बोलपत्र बढाबढमा अधिकतम एक नाउरको सिकार गर्न २३ लाखसम्म कबोल गरिएको उहाँले जानकारी दिनुभयो। त्यस्तै, झारलको हालसम्म सबैभन्दा बढी गत वर्ष अधिकतम १८ लाख बोलकबोल गरिएको विभागको तथ्याङ्क छ। आरक्षमा घारल र थार भए पनि साइटिसको अनुसूचीमा समावेश भएका कारण ती वन्यजन्तुको सिकार खेल्ने अनुमति दिने गरिएको छैन।

सिकार गर्नका लागि सिकारीलाई १४ देखि २१ दिनसम्मको समय दिइन्छ। सिकारीले अनुमति प्राप्त बन्दुक आफ्नो देशबाट ल्याउने र त्यसैले सिकार गर्ने गर्छन्।

सिकारीका लागि सो अवधिमा २५ देखि ३० जना सहयोगी टोली खटिन्छ। हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने, दुई दर्जन बढी व्यक्तिको सहयोगी समूह आवश्यक पर्ने र निकै दुर्गम भएकाले यहाँ सिकार गर्न निकै खर्चिलो हुने गरेको छ।

नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ। सिकारीले सिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (सिङ, छाला र खुर) कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै लैजान्छन्। सिकार गरिएको वन्यजन्तुको मासु जङ्गलमा समूहमै खाने र अन्य फोहर गाड्ने गरिन्छ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn