नेपाली

सुरु भयो पदयात्राको याम

criPublished: 2024-09-20 16:49:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आयोजना प्रमुख डा रविन कडरियाले अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहोरमुक्त बनाउने अभियान सञ्चालन गरिएकाले त्यहाँ जाने पर्यटकलाई सकेसम्म बोतल र प्लाष्टिकजन्य सामग्री नलैजान आग्रह गर्नुभयो। “उच्च पहाडी र हिमाली भेगमा जाँदा लेक लाग्ने घटना वृद्धि भइरहेकाले पर्यटकलाई विशेष सावधानी अपनाएर यात्रा गर्न अनुरोध गर्दछौँ”, उहाँले भन्नुभयो। गत आवमा अन्नपूर्ण क्षेत्रको भ्रमणमा निस्केका २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको डा कडरियाले जानकारी दिनुभयो।

तीमध्ये छ जना नेपाली, ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक थिए। “अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्”, डा कडरियाले भन्नुभयो, “हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्छ, एकैपटकमा उचाइमा पुग्नुहुँदैन, विश्राम लिँदै जानुपर्छ।” लामो दुरीको पदयात्रामा निक्कँदा समूहमा या पथप्रदर्शक लिएर मात्र जानुपर्ने उहाँको भनाइ छ।

पदयात्राका लागि प्रख्यात म्याग्दीको घोडेपानीका पर्यटन व्यवसायी जुली पुनले केही दिनयता मौसम खुलेसँगै पदयात्री पर्यटक आउने क्रम सुरु भएको बताउनुभयो। “विदेशीहरुले पदयात्रा रुचाउने भएपनि बढीजसो आन्तरिक पर्यटक सडकमार्ग भएर यहाँ आउने गरेका छन्”, उहाँले भन्नुभयो, “वर्षात्का बेला बिग्रेको सडक मर्मतसुधार हुन नसकेका कारण पर्यटकको आउजाउ सहज हुन सकेको छैन।” जीर्ण सडकका कारण व्यवसायीहरुले आफूलाई चाहिने सरसामान ल्याउन पनि मुस्किल भइहेको उहाँले सुनाउनुभयो।

व्यवसायी पुनले कोभिड–१९ अघिको अवस्थामा जस्तो विदेशी पर्यटक अझैपनि घाडेपानीमा भित्रन नसकेको बताउनुभयो। “पोखराको हवाईमार्गमा विभिन्न समयमा भएका जहाज दुर्घटनाले पनि पर्यटन क्षेत्रमा असर गरेको छ, काठमाडौँदेखि पोखरा जोड्ने राजमार्ग पनि समयमा नबन्दा समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “सरकारले पर्यटन क्षेत्रलाई उकास्न पूर्वाधार निर्माण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ।”

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn