नेपाली

सुरु भयो पदयात्राको याम

criPublished: 2024-09-20 16:49:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ। असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ। पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गसहित यहाँका पर्यटकीय गन्तव्यमा पर्यटक आउन सुरु गरेका छन्। ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मध्यअसोजदेखि पर्यटकको चहलपहल बढ्दै जाने जानकारी दिनुभयो।

“विदेशी पर्यटकको बुकिङ आइरहेको छ, नेपालीहरु दसैँ आसपासमा बढी घुम्न निस्कन्छन्”, उहाँले भन्नुभयो, “पदयात्रा पर्यटन कोभिड–१९ अघिको स्थितिमा अझै नफर्केपनि सुधारतिर उन्मुख हुँदै गएको छ, यस याममा पर्यटक बढ्ने आशा छ।” पोखरा–मुग्लिन सडक निर्माणमा भइरहेको ढिलाइले पनि यस क्षेत्रमा भित्रने पर्यटकको सहज आउजाउमा बाधा पु¥याइरहेको अध्यक्ष अचार्यको भनाइ छ। पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग र हवाईयात्रालाई सुरक्षित एवं व्यवस्थित बनाउनुपर्ने उहाँले बताउनुभयो।

कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण सङ्कटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने अध्यक्ष आचार्यको भनाइ छ। उहाँले ‘टान’ले आउँदो साता पर्ने अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर नयाँ पर्यटकीय पदमार्गको प्रवद्र्धन गर्ने योजना बनाएको बताउनुभयो। उक्त संस्थाले पदयात्रा पर्यटनलाई थप व्यवस्थित बनाउन पथप्रदर्शकहरुलाई जैविक विविधता र पर्यावरणबारे अभिमुखीकरण गरेको थियो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार असोज लागेयता पछिल्ला तीन दिनमा २५ सय ७७ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका छन्। जसमध्ये दक्षिण एसियाली मुलुकका १५ सय ७२ र अन्य मुलुकका एक हजार पाँच जना रहेका छन्। गत भदौमा दक्षिण एसियाली मुलुकका सात हजार तीन सय ६९ र अन्य मुलुकका पाँच हजार नौ सय एक गरी जम्मा १३ हजार दुई सय ७० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। ‘एक्याप’ले पदयात्रा र सडकमार्ग भएर सो क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको तथ्याङ्क राख्दै आएको छ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn