नेपाली

नेपाली पत्रकारलाई पछ्याउँदै चिनियाँ पत्रकार

criPublished: 2024-09-18 19:10:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

‘सानो छँदा पुस्तकमा पढिएको एल्लो रिभरको हजारौं वर्षको चिनियाँ इतिहास, कैयौँ सभ्यताको प्रत्यक्ष अनुभवले नदीलाई मानव जीवनमा सँधै आशाको दियोको रुपमा लिनुपर्ने शिक्षा मिलेको छ।’

अर्का टोली सदस्य कान्तिपुर दैनिकका दीपक सापकोटाले चीनको सो क्षेत्रलाई सच्चा पृथ्वीको उपमा दिएका छन्। उनले अमेरिकी लेखक पर्ल एस. बकको पुस्तक ‘द गुड अर्थ’ सँग दाँज्दै स्थानीयको लगनशीलता, परिश्रम र सरकारको योगदानको उच्च प्रशंसा गरेका छन्। भन्छन्, ‘चीनको ग्रामीण भेगका स्थानीयको मुहारमा पूर्ण परिवर्तन आइसकेको छ। उनीहरुले विगतको मेहनतलाई बिर्सेका छैनन्,साथसाथै आफ्ना पुर्खा र थातथलोको मुक्तकण्ठले प्रशंसा गरेको पाइयो।’ उनले अन्तमा भौगोलिक हिसाबले समान रहेको नेपालले पनि छिङहाइको तेची गाउँको विकास मोडललाई अपनाउँदा उपयुक्त हुने धारणा व्यक्त गरे।

उकालो न्युजकै देवेन्द्रराज भट्टराईले एसिया महाद्विपको अधिकांश भागमा जल,जीवन र मानव सभ्यताबीच अनोन्याश्रित सम्बन्ध रहेको चर्चा गरे। ह्वाङ ह नदीको मुहान क्षेत्रको मानव सभ्यता र बस्ती पनि त्यसैको एक भाग रहेको भट्टराईको भनाइ छ। टोली प्रमुख तथा नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष एवं जनआस्था सम्पादक किशोर श्रेष्ठले पनि चीन र नेपालबीच रहेको नदी सभ्यता र यसको विकासबारे चर्चा गरेका छन्। एल्लो रिभरको झण्डै पाँच हजार किलोमिटर लामो क्षेत्रमा निर्मित कैयौं जलविद्युत परियोजना, पर्यटन र कृषिको समन्वयकारी विकासलाई नमूनाको रुपमा लिन सकिने श्रेष्ठको भनाई छ।

उन भने, ‘सानो छँदा पुस्तकमा पढिएको एल्लो रिभरको हजारौं वर्षको चिनियाँ इतिहास, कैयौँ सभ्यताको प्रत्यक्ष अनुभवले नदीलाई मानव जीवनमा सँधै आशाको दियोको रुपमा लिनुपर्ने शिक्षा मिलेको छ।’

यसैबीच नेपाली प्रतिनिधिमण्डलले हाइनान तिब्बती स्वायत्त प्रिफेक्चरको कोङह काउण्टीमा रहेको विशाल छिङहाइ तालको पनि अवलोकन गरेको चाइना न्युज नेटवर्कले जनाएको छ। तालको दक्षिण किनारबाट ताल र राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्रको अवलोकन गर्ने क्रममा चीनमा मात्रै पाइने मृग वर्गको पर्जवाल्सकी गजेलाको बथानसमेत देखिएको थियो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn