नेपाली

नेपाली पत्रकारलाई पछ्याउँदै चिनियाँ पत्रकार

criPublished: 2024-09-18 19:10:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाली लेखक तथा पत्रकारहरुको एउटा टोली दश दिनदेखि चीनको छिङहाई प्रान्तको भ्रमणमा छ। ह्वाङ ह नदी अर्थात पहेँलो रंगको देखिने एल्लो रिभरको मुहान पुगेको टोलीलाई पछ्याउँदै बेइजिङबाट चिनियाँ समाचार समिति सिएनएसका पत्रकारहरुले प्रकाशित एउटा स्टोरीलाई जन आस्थाले पनि अनुवाद गर्दै प्रकाशित गरेको छ।

चाइना न्युज डट कमका पान युचे र मा मिङयानद्वारा लिखित उक्त समाचारमा भनिएको छ।

पहेँलो नदीको नीलो छाल,कञ्चन आकाशमा देखिएका छिटपुट बादलसँगै नेपाली टोलीले छिङहाइको देजी गाउँका वासिन्दासँग स्थानीय उत्पादनबारे छलफल गरेका छन्। स्थानीय किसानको उठेको जीवनस्तर, रहनसहनले पनि नेपाली पत्रकारहरुको हातमा रहेको कापी र कलमलाई लेख्न घच्घचाइरहेको थियो भने क्यामरालाई दृश्य खिच्न बाध्य बनायो। भ्रमणमा पत्रकारहरुलाई स्थानीय गुम्बा,मन्दिर,संग्रहालय, गाउँलेको सुविधा सम्पन्न वासस्थान र नजिकै एल्लो रिभरको दृश्यावलोकनले मोहित पारेको सहजै अनुमान गर्न सकिन्थ्यो।

उनीहरुले पठार क्षेत्रको छिङन्यानस्थित सुन्ह्वा काउण्टीको आधुनिक कृषि औद्योगिक पार्क अभिरुचीपूर्वक अवलोकन गरेका थिए। यसअघि हाइतोङ नगरको सुन्ह्वा सालार स्वायत्त काउण्टी र ह्वाङनान तिब्बती स्वायत्त प्रिफेक्चरको चियान्चिया काउण्टी भ्रमण गरिसकेका छन्। एल्लो रिभरको माथिल्लो भेगमा पुगेर नेपाली टोलीले ग्रामीण उद्योग,परम्परागत आर्किटेक्चर,संस्कृतिको प्रत्यक्ष अनुभव गरेको छ।

भ्रमणपछि टोली सदस्य तथा राजनीतिक विश्लेषक झलकप्रसाद सुवेदीले भने, ‘विगतमा माओलगायतका कृति,चिनियाँ फिल्मबाट देखेको र सुनेको यो क्षेत्रको प्राकृतिक र ऐतिहासिक वैभवताको आज प्रत्यक्ष अनुभव गर्न पाइयो। पठार क्षेत्रको उपत्यकामा देखिएको विकसित आधुनिक कृषि र स्थानीयको उन्नतस्तरको जीवनयापनले मनै लोभ्याएको छ।’

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn