नेपाली

नेपालको क्रेडिट रेटिङ सुरु

CRIPublished: 2024-09-12 15:50:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) प्रक्रियाअन्तर्गत स्थलगत मूल्यांकन सुरू भएको छ । मंगलबार काठमाडौं आइपुगेको अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच क्रेडिट रेटिङ’ को टोलीले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘टोलीले भदौ २६, २७ र २८ मा नेपालका सरकारी निकाय तथा निजी क्षेत्रका कम्पनीहरूसँग छलफल गर्ने तालिका छ।’

टोलीले अर्थ मन्त्रालय, योजना आयोग, राष्ट्र बैंकका साथै स्ट्याण्डर्ड चार्टर्ड बैंक, युनिलिभर लगायत कम्पनीसँग पनि छलफल गर्ने कार्यसूची छ । कोरोना महामारीलगायत विभिन्न कारणले करिब तीन वर्षदेखि रोकिएको रेटिङ प्रक्रिया सरकारले गत वैशाखमा पुनः अघि बढाएको थियो।

वैदेशिक लगानी बढाउने उद्देश्यले आर्थिक वर्ष २०७५–७६ को बजेटमार्फत सरकारले सार्वभौम क्रेडिट रेटिङ गर्ने घोषणा गरेको थियो। सोहीअनुसार सरकारले सूचना जारी गरी कम्पनीहरूलाई सार्वभौम क्रेडिट रेटिङका लागि आमन्त्रण पनि गरेको थियो । रेटिङसम्बन्धी विश्वका तीन प्रमुख कम्पनी फिच, मुडिज र स्ट्यान्डर्ड एन्ड पुअर्सले आवेदन दिएका थिए।जसमध्ये सरकारले ‘फिच रेटिङ एजेन्सी’ सँग क्रेडिट रेटिङसम्बन्धी सम्झौता गरेको थियो । त्यसका लागि तत्कालीन बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी) र हालको यूके एडसँग प्राविधिक सहयोगसम्बन्धी छुट्टै सम्झौता भएको थियो ।

रेटिङ प्रक्रियाका लागि सरकारले नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई रेटिङ सल्लाहकार तोकेको छ। कोभिड महामारीका कारण अर्थतन्त्रका सबै सूचक नकारात्मक रहेको र क्रेडिट रेटिङ गर्दा अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने भएकाले रेटिङ रोकिएको थियो। त्यसपछि तत्कालीन अर्थमन्त्रीले पुरानो सम्झौता नवीकरण गरेर प्रक्रिया सुरु गर्न सम्बन्धित कम्पनीलाई आग्रह गरेपछि फिच रेटिङको मूल्यांकन टोली स्थलगत अवलोकन तथा छलफलका लागि पहिलोपटक नेपाल आएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn