नेपाली

बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेमा आशावादी रहेको नेकपा एमाले सचिवको धारणा

criPublished: 2024-09-11 15:36:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

फोरमलाई सम्बोधन गर्दै नेपालको मुख्य ध्येय नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता रक्षा गर्दै राष्ट्रिय गरिमालाई उन्नत गर्नु र आर्थिक समृद्धि तथा समृद्धि प्रवद्र्धन गर्नु रहेको बताउनुभयो। यी उद्देश्यहरू हासिल गर्न, हामी एकअर्काको समानताप्रतिको सम्मान, पारस्परिक फाइदाका लागि सहयोग, गुटनिरपेक्षता, संयुक्त राष्ट्रसंघको चार्टर र विश्व शान्तिको मुल्यहरु नेपालले दृढतापूर्वक पालना गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षालाई पूरा गर्ने हाम्रो महान् चाहनाका साथ हामी सबैका मित्रहरूको समर्थन, सहयोग र ऐक्यबद्धताको अपेक्षा राख्छौं।’

नागरिकन्यूज डटकमका अनुसार सचिव भट्टराईले मानव सभ्यता र पृथ्वीलाई जोगाउन समाजवादी देशहरूबीच सहयोग अपरिहार्य रहेको बताउनुभयो। सचिव भट्टराईले अतीतमा समाजवादको आलोचना हुँदा मानव पक्षलाई ध्यान दिएको थिएन भन्ने आरोप बारेमा सम्झाउदै समाजवादको कुनै विकल्प नरहेको बताउनुभयो। जलवायु परिवर्तनको प्रभाव विश्वको प्रमुख चुनौती रहेको भन्दै जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी लडाइँ न्यायसंगत हुनुपर्ने उहाँले ठहर गर्नुभयो।

एमाले सचिव भट्टराईले चिनियाँ समाजवादको मोडेल सफल रहेको भन्दै चीनबाट अझ धेरै कुरा सिक्न चाहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘चिनियाँ समाजवादको मोडेल सफल छ। हामी चीनबाट अझ धेरै कुरा सिक्न चाहन्छौं। म तपाईं चिनियाँ कमरेडहरूलाई चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति सी चिनफिङको नेतृत्वमा हासिल गरेको ठूला सफलताहरूको लागि धन्यवाद दिन चाहन्छु।’उहाँले विश्व राजनीति ठूलो परिवर्तनको दौरबाट गुज्रिरहेको भन्दै नेपालका अन्तर्राष्ट्रिय सम्बन्धहरू पनि त्यही अनुसार परिवर्तन भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘नेपाल भू–राजनीतिक रूपमा संसारका पहिलो र दोस्रो जनसंख्या भएका देशहरू—चीन र भारतको बीचमा रहेको छ। चीन तीव्र रूपमा समृद्धि तर्फ अघि बढिरहेको छ। हामी यो अवसरलाई नेपाली जनताको समृद्धि र खुशीका लागि काम गर्न उपयोग गर्न चाहन्छौं।’

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn