बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेमा आशावादी रहेको नेकपा एमाले सचिवको धारणा
नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा नेपाल शान्तिपूर्ण बाटो मार्फत समाजवादतर्फ अघि बढिरहेको बताउनुभएको छ। सचिव भट्टराईले आफूहरुले शान्तिपूर्ण प्रक्रिया मार्फत नेपाली जनताको बलियो समर्थन सहित समाजवाद हासिल गर्न चाहेको तर नेपाल त्यसै तर्फ अघि बढेको बताउनुभएको हो। ‘सोसियल साइन्स एकेडेमी’ अर्थात् चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा आयोजित १४ औं विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले जबज नेपाली भूमिमा माक्र्सवादको सृजनात्मक प्रयोग रहेको र त्यसकैको आलोकमा समाजवाद हासिल गर्न चाहेको बताउनुभयो।
‘नेपालमा हामी समाजवादी उन्मुख संविधान स्वीकार गर्दै सामाजिक–आर्थिक असमानतालाई सम्बोधन गर्न अघि बढिरहेका छौं, जसमा प्रमुख राजनीतिक दलहरूको सामूहिक विवेक समावेश छ। हाम्रो पार्टी नेकपा (एमाले) ले स्वार्गिय कमरेड मदन भण्डारीको नेतृत्वमा ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त विकास गरेको छ,’ सचिव भट्टराईले सम्बोधनमा भन्नुभयो, ‘हामी जबजको मार्गदर्शनमा हामी नेपाली तरिकामा शान्तिपूर्ण माध्यमबाट समाजवादतर्फ अघि बढिरहेका छौं। जबज नेपाली अभ्यास र नेपाली भूमिमा माक्र्सवादको रचनात्मक प्रयोगमा आधारित छ। हामी शान्तिपूर्ण प्रक्रियामा जनताको बलियो समर्थनसहित समाजवाद हासिल गर्न चाहन्छौं। यो नयाँ युगको नेपाली मोडेल र विशेषताहरूको क्रान्ति हो।’
बेइजिङमा जारी १४ औं विश्व समाजवाद फोरममा विश्वका ३० देशका कम्युनिष्ट नेता, माक्र्सवादी बुद्धिजीवि, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता गरी ५० विदेशी अथिथि र चिनियाँ नेता, प्राध्यापक, बुद्धिजीवि सहित १ सय ५० बढी सहभागी छन्।