नेपाली

१९ गुँडमा प्रजनन गर्दै लोपोन्मुख गिद्ध

CRIPublished: 2024-09-10 15:42:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले गिद्धका गुँड रहेका रुख संरक्षण गरी सदरमुकाम निर्माण गर्ने सहमति भएको जानकारी दिनुभयो । १६ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा कावासोतीमा भएको कार्यक्रममा उहाँले उक्त जानकारी दिनुभयो ।

प्रकृतिको कुचीकार मानिने गिद्ध विश्वबाटै लोप हुने अवस्थामा रहेका बेला नवलपुरमा भने यसको संरक्षणको प्रयास भइरहेको छ । यसको विनाश हुनुमा पशुको उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक रहेको अध्ययनहरूले देखाएका छन् । त्यसैले नेपाल, भारतलगायतका देशले यो औषधी प्रयोगमा प्रतिबन्ध लगाएका छन् । नेपालमा २०६३ जेठ २३ गतेदेखि यो औषधी प्रयोगमा प्रतिबन्ध छ ।

यो औषधीको प्रयोगमा प्रतिबन्ध लगाइए पनि अन्य विषादीका कारण गिद्धहरू मर्ने क्रम रोकिएको छैन । जटायु रेस्टुरेन्टको गणनामा रहेको २१ वटा गिद्ध गत वर्ष मरेका थिए। गिद्ध मर्नुको कारण पहिचान गर्न मरेका गिद्धको नमुना विधिविज्ञान प्रयोगशाला काठमाडौँ पठाएको एक वर्षसम्म पनि रिपोर्ट नआएकाले गिद्ध मर्नुको कारण पहिचान गर्न समस्या भएको पन्छी संरक्षण सङ्घका गिद्ध संरक्षण परियोजना अधिकृत देउबहादुर रानाले बताउनुभयो । उक्त नमुना विदेशमा पठाउन अनेक प्रयास गर्दा पनि सफल नभएको उहाँको भनाइ छ ।

यसैबीच वातावण प्रभाव मूल्याङ्कन (एआइए) ले सदरमुकाम निर्माण स्थलमा पाँच वटा ठुला सिमलका बोटमा गिद्धका गुँड रहेकाले तिनका बचेरा हुर्केपछि वनको समन्वयमा रुख हटाउने रिपोर्ट पेस गरेको थियो तर स्याटेलाइट तस्बिरले यहाँका १९ वटा रुखमा गिद्धले प्रजनन गरिरहेको देखाएपछि यहाँका स्थानीयले आश्चर्य व्यक्त गरेका छन् । इआइए परामर्शदाताका तर्फबाट वातावरणविद् रेडियम अधिकारीले अध्ययनका क्रममा सो स्थानमा पाँच÷छ वटा गिद्धका गुँड देखिएको र निर्माण क्षेत्रबाट हटाउनुपर्ने रुखको सङ्ख्या मात्र प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभयो ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn