नेपाली

१९ गुँडमा प्रजनन गर्दै लोपोन्मुख गिद्ध

CRIPublished: 2024-09-10 15:42:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नवलपुर सदरमुकाम कावासोतीको एउटै वनमा अति लोपोन्मुख गिद्धले १९ वटा गुँड लगाएर प्रजनन गरिरहेको पाइएको छ। कावासोतीमा नमुना सदरमुकाम बनाउने भनिएको ज्योतिकुञ्ज सामुदायिक वनमा मात्र १९ वटा गुँडमा अति लोपोन्मुख डङ्गर प्रजातिका गिद्धले प्रजनन गरिरहेका गिद्ध संरक्षणकर्मी डिबी चौधरीले जानकारी दिनुभयो ।

चौधरीका अनुसार स्याटेलाइटबाट लिइएको तस्बिरले यो तथ्य पुष्टि गरेको हो । सन् २०२२ देखि २४ सम्म गरिएको ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) मा गिद्धले यस क्षेत्रमा आराम गर्ने, बास बस्ने, आहार खोज्ने, प्रजनन तथा गुँड लगाउने उपयुक्त स्थल बनाउँदै आएको देखिएको छ । जुन कुराको पुष्टि यस क्षेत्रमा गिद्धका गुँडको अवस्था अध्ययनका लागि लगातार तीन वर्षको जिपिएसले गरेको गिद्ध संरक्षणका लागि सञ्चालित जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चौधरीले जानकारी दिनुभयो ।

नेपालमा पाइने नौ प्रजातिका गिद्ध (डङ्गर, डफोर, सुन गिद्ध, राज गिद्ध, साना खैरे, लामो ठुँडे, खैरो ठुँडे, सेतो गिद्ध र हिमाली) मध्ये डङ्गर, सानो खैरो, लामो ठुँडे र सुन गिद्ध अति लोपोन्मुख मानिन्छ । विज्ञहरूका अनुसार गिद्धको प्रजनन अवधि झन्डै एक वर्षको हुन्छ। एक पटक बचेरा हुर्काएर फेरि प्रजनन प्रक्रियामा रहेकाले सङ्ख्या बढ्न सक्ने चौधरीले बताउनुभयो । नेपालमा हाल झन्डै २० हजार गिद्ध रहेकामा सन् २०२३ मा जटायु रेस्टुरेन्टले गरेको गणनामा ५१७ वटा गिद्ध नवलपुरमा मात्र रहेको पाइएको थियो । सन् २००५ मा यहाँ ७२ वटा मात्र गिद्ध गणना गरिएको थियो ।

गोरखापत्र अनलाइनका अनुसार नवलपुरको कावासोतीमा नमुना सदरमुकाम बनाउने प्रक्रिया अघि बढेको छ । हाल चार वटा एकीकृत भवनका लगि टेन्डर प्रक्रिया टुङ्गिएर रुख कटान आदेशको पर्खाइमा ठेकेदार कम्पनी छ । सदरमुकाम बनाउन ४९० वटा रुख काट्नुपर्ने हुन्छ तर यसरी काटिने सूचीमा गिद्धका गुँड भएका रुख रहेकाले ती रुख संरक्षण गरिनेछ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn