नेपाली

चिनियाँ सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सम्पन्न गर्न एक वर्ष म्याद थप

CRIPublished: 2024-09-09 15:22:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ पत्ता लगाउने समय अझै एक वर्ष थपिएको छ । चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु भएको हो । गत वैशाख १ गतेबाट अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु भए पनि अझै नसकिएकाले एक वर्ष समय थप भएको हो । मेसिनले जमिनमुनि खनेर पेट्रोलियम पदार्थ भए/नभएको पुष्टि गर्न अझै २ हजार ४ सय मिटर ‘ड्रिलिङ’ गर्न बाँकी छ । यही काम गर्न एक वर्ष म्याद थप गरिएको हो। कारोबार अनलाइनका अनुसार इन्धन फेला पर्ने-नपर्नेमा अझै अन्योल नै छ।

खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच अन्तिम चरणको काम सम्पन्न गर्नका लागि एक वर्ष म्याद थप गरिएको हो । २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गतको अन्तिम चरणको कामको सम्झौता २०८० फागुनमा सकिएको थियो । २०८१ फागुनसम्म आयोजनाको म्याद थपिएको जियोलोजिष्ट सुरेश श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, ‘काम रोकिएको छैन, अबको साढे दुई महिनामा ड्रिलिङको काम सक्ने लक्ष्य छ । धेरै काम बाँकी नै छ, त्यसैले एक वर्ष म्याद थप गरिएको हो ।’

हालसम्म पेट्रोलियम अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम दुई हजार २० मिटर गहिराइसम्म पुगेको छ । यो काम सक्न अझै साढे दुई महिना लाग्ने जियोलोजिष्ट श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार अहिले ड्रिलिङको काम धमाधम भइरहेको छ । आयोजनामा चार हजार पाँच सय मिटर गहिराइसम्म ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ । त्यसपछि उक्त स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन् सम्भावनाबारे अध्ययन गरिने श्रेष्ठले जानकारी दिनुभयो।

सरकारले चालु आर्थिक वर्ष २०८१–८२ भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ । सोही लक्ष्यअनुरूप काम भइरहेको छ । चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु भएको हो । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा अन्वेषण साइट छनोट भएको छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn