नेपाली

इलाममा टी ट्रेल निर्माण गरिने

criPublished: 2024-08-30 18:25:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले दिगो विकासका लक्ष्यलाई पूरा गर्ने गरी चियाबारी पदमार्ग निर्माण गरिने बताउनु भयो। ‘पदमार्गमा आजै पर्यटकको ओइरो लाग्छ भनने होइन, स्थानीय समुदायको सहभागितामा यहाँको पर्यटन प्रवर्धन सँगै आय स्तरमा वृद्धि हुन्छ भनने हो।’ उहाँले प्रकृतिलाई कति पनि नबिगारी प्रकृतिको थप संरक्षण गर्नका लागि पदमार्गले सहयोग पुग्ने बताउनुभयो।

हेल्भेटास कार्यक्रमका टुरिजम कोअडिनेटर प्रनिल उपाध्याय नेपालका अनुसार परियोजना अन्तर्गत कोशी प्रदेशका २९ पालिका समेट्ने गरी चार सय किलोमिटर पदमार्ग निर्माण गरिनेछ। चियाबारी पदमार्ग, फाल्गुनन्द पदमार्ग , लालीगुराँस पदमार्ग र मुन्धुम पदमार्ग छन्। यी पदमार्ग निर्माण गर्दा सम्पन्न भएर सञ्चालनमा आउन परियोजनाले छोएका क्षेत्रका चार लाख नागरिकले रोजगार पाउने कोअर्डिनेटर नेपालले जानकारी दिनुभयो।

पदमार्गले छोएका क्षेत्रमा पर्यटन पार्क, फलैँचा, होमस्टे, शौचालय आदि सञ्चालन गरिनेछ। पशुपतिनगर सामुदायिक वनका प्रतिनिधि कमल गदालले पदमार्ग आसपासका क्षेत्रमा लोप हुँदै गएका जडिबुटी रोप्नु पर्ने सुझाव दिनु भयो। चार वटा पदमार्ग निर्माण गर्दा ११ करोड २५ लाख रुपियाँ खर्च हुने जनाइएको छ। यी पदमार्ग सञ्चालनमा आउँदा थप ८० वटा होमस्टे सञ्चालनमा आउने परियोजनाले जनाएको छ। निर्माण गरिएको पदमार्गमा ८० प्रतिशत स्वदेशी , १५ प्रतिशत भारतीय र पाँच प्रतिशत तेस्रो देशका पर्यटकले पदयात्रा गर्ने सर्वेक्षण सार्वजनिक गरिएको छ।

चिया पदमार्ग क्षेत्र अन्तर्गत सूर्योदय नगरपालिकामा इलाम फिक्कल श्रीअन्तु रहनेछ। फाल्गुनन्द पदमार्ग अन्तर्गत फिदिम लत्रेकुटी, सिलौटी, पौवा भन्ज्याङ, लोहाकिल, विखे छिन्तापु, गुरुवाले, सन्दकपुर, माईपोखरी रहनेछ। लाली गुराँस पदमार्ग क्षेत्र अन्तर्गत तुम्लिङ्गटार, खाँदबारी, नुम गुफा पोखरी, वसन्तपुर जलजले , तिनजुरे, मिल्के रहनेछ। मुन्धुम पदमार्ग अन्तर्गत क्षेत्रमा कोशी टप्पु मैनामैनी, शङ्खमचुली, हतुवागडी, आमचोक, थामडाँडा, तावाभञ्ज्याङ, टेम्केडाँडा, चखेवा दलसिङ्गे, धोत्रे जलजले, हाँसपोखरी, मैयुङ डाँडा, ह्यकुले रावाधाप, साल्पापोखरी, सिलिचुङ पिक रहनेछ। परियोजना अन्तर्गत पदमार्ग निर्माण , स्थानीय उत्पादनको ब्राण्डिङ÷प्याकेजिङ, स्थानीय समुदायको क्षमता विकास र नीति निर्माणका काम गरिनेछ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn