नेपाली

इलाममा टी ट्रेल निर्माण गरिने

criPublished: 2024-08-30 18:25:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

इलामको सूर्योदय नगरपालिका आन्तरिक पर्यटकको रोजाइमा परेको पर्यटकीय गन्तव्य मानिन्छ। कन्याम अन्तु जस्ता पर्यटकीय स्थल बाह्रै महिना पर्यटकले भरिभराउ हुने गरेका छन्। पर्यटन पूर्वाधारका हिसाबले विभिन्न संरचना निर्माण गरिएको नगरमा अव पैदल यात्रीका लागि पदमार्ग निर्माण हुने भएको गोरखापत्र अनलाइनले लेखेको छ।

नगरपालिकाको फिक्कलदेखि अन्तुसम्म करिब २० किलोमिटर लामो ‘चियाबारी पदमार्ग’(टी ट्रेल ) निर्माण गरिने भएको छ। स्विस सरकारको हेल्भेटास कार्यक्रम अन्तर्गत ५५ प्रतिशत लगानी र नेपाल सरकारका विभिन्न निकायकाे ४५ प्रतिशत लगानीमा पदमार्ग निर्माण गरिने भएको हो।

पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत ग्रामीण क्षेत्रमा पर्यटनको विकास गर्नका लागि पदमार्ग निर्माण गर्न लागिएको कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिनु भयो। उहाँले फिक्कल–अन्तु चियाबारी पदमार्ग निर्माणले अन्तुबाट देखिने सूर्योदय, सूर्यास्त र चिया बारीको सौन्दर्यमा पर्यटक रमाउन सक्ने बताउनुभयो। उहाँले भन्नुभयो‘यो पदमार्ग निर्माण गर्नुको उद्देश्य केवल हिँड्नु मात्र होइन, पदमार्ग आसपासको ग्रामीण जनजीवनलाई आयआर्जनमा जोडेर आर्थिक आम्दानी गर्नु पनि हो।’

२०८१ वैशाख २७ गते स्विस सरकार र नेपाल सरकारबिच भएको सम्झौता अनुसार सन २०२४ देखि २०२८ सम्म परियोजना सञ्चालन हुने छ। जस अन्तर्गत कोशी प्रदेशका चार वटा स्थानमा चार सय किलोमिटर पदमार्ग निर्माण गरिने स्विस सरकारका कोशी प्रदेशका कार्य अधिकृत सुशील श्रेष्ठले जानकारी दिनु भयो। परियोजना सम्पन्न गर्नका लागि कोशी प्रदेश अन्तर्गत २९ वटा पालिकाहरूले यस परियोजनामा सहभागिता जनाएका छ। स्वीजरल्याण्ड सरकारको ५५ प्रतिशत, सङ्घीय सरकारको ८ प्रतिशत, प्रदेश सरकारको १९ प्रतिशत र स्थानीय सरकारको १८ प्रतिशत साझेदारी रहने छ। फिक्कल–अन्तु चियाबारी पदमार्ग सम्पन्न गर्नका लागि स्विस सरकार र तीन तहका सरकारको गरी आर्थिक वर्ष २०८१÷८२ मा २३ लाख रुपियाँ रकम विनियोजन भएको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनु भयो। चियाबारी पदमार्ग निर्माणका लागि पदमार्गको पहिचान गर्ने काम भइरहेको परियोजनाले जानकारी दिएको छ। यहाँ निर्माण गरिने पदमार्ग ढुङ्गालगायत स्थानीय स्रोत साधन प्रयोग गरी प्रकृतिको विनाश नगरी निर्माण गरिने सचिव घिमिरेले जानकारी दिनु भयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn